A última palavra vem do Senhor
A última palavra pertence ao Senhor. Os planos do homem estão sujeitos à soberania de Deus. Ele rege toda a história e nenhum de seus propósitos pode ser frustrado.
हृदयका योजनाहरू मानिसका हुन्;
तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ;
उहाँले दुष्टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ।
परमेश्वर मानिसजस्तो हुनुहुन्न, उहाँले झूट बोल्नुहुन्न;
उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्न, जसले आफ्नो मन बदली गर्नुहुन्छ।
के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्न र?
के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्न र?
याहवेहले मोशालाई जवाफ दिनुभयो, "के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।"
त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ:
त्यो मकहाँ व्यर्थै फर्कनेछैन,
तर त्यसले मैले इच्छा गरेको काम सम्पन्न गर्छ;
अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्त गर्छ।
"म याहवेह सबै मानव-जातिका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?
"म जान्दछु, तपाईंले सबै कुराहरू गर्न सक्नुहुन्छ;
तपाईंका कुनै पनि उद्देश्य रोक्न सकिँदैन।
आकाशमा र पृथ्वीमा,
समुद्रहरू अनि तिनका गहिराइमा,
याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ।
उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्।
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
यो आइरहेको छ! यो निश्चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो।
तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ। यसको सट्टा तिमीहरूले "यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला" भन्नुपर्नेथियो।