Agradecimento a Deus
Agradecer a Deus é louvor, adoração e reconhecimento da sua soberania. Dai graças ao Senhor porque Ele é bom — a sua misericórdia dura para sempre!
धन्यवाद चढाउँदै उहाँको सामु आऔँ,
भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस;
र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर;
उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!
याहवेहको प्रशंसा गर! पदमा पनि
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु;
तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई उच्च पार्नेछु।
कृतज्ञतासहित याहवेहका निम्ति गाओ;
वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्वरको स्तुति गाओ।
गीत गाएर म परमेश्वरको नामको प्रशंसा गर्नेछु,
र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु।
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;
मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;
मेरो हृदय आनन्दले उफ्रन्छ,
र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
अनि अब, हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,
र तपाईंको महिमित नामको प्रशंसा गर्छौँ।
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्।
जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु।
अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्टको नाममा गर।
हाम्रा प्रार्थनाहरूमा निरन्तर याद गर्दै तिमीहरू सबैका लागि हामी सधैँ परमेश्वरलाई धन्यवाद चढाउँछौँ; हाम्रा परमेश्वर र पिताको सामु तिमीहरूको विश्वासद्वारा उत्पन्न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौँ।
परमेश्वरको अनुग्रह ख्रीष्ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु।
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्टको विजयको यात्रामा डोर्याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्ना चारैतिर फैलाउनुहुन्छ।
अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ। हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई चढाउन धन्यवाद उत्पन्न गराउनेछ।
भजन, स्तुतिगान र आत्मिकी गीतहरूद्वारा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा परमेश्वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ।
ख्रीष्टप्रतिको श्रद्धाको कारणले आफूलाई एक-अर्काको अधीनमा सुम्प।
ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। तिनीहरू सबैले पेटभरि खाए। अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए।