Agradecimento pela família
Agradecer pela família é reconhecer a bênção mais preciosa que Deus nos concede. Os filhos são herança do Senhor — cada membro da família é presente divino a ser celebrado.
छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्;
गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।
युवावस्थामा जन्मेका छोराछोरीहरू,
वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।
त्यो मानिस धन्यको हो,
जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ।
मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा
तिनीहरू लाजमा पर्नेछैनन्।
ए मेरो प्राण, याहवेहको प्रशंसा गर्;
ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्!
ए मेरो प्राण, याहवेहको प्रशंसा गर्,
र उहाँका सबै उपकारहरू नबिर्सी—
हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ;
हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू,
उहाँको शक्ति र उहाँले गर्नुभएका
अद्भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ।
नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्,
र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्।
मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो।
धन्यवाद ज्ञापन र प्रार्थना
जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु।
तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्वरलाई कसरी पर्याप्त रूपमा धन्यवाद चढाउन सक्छौँ र?
हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,
याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ।
स्त्रीहरूले नाओमीलाई भने, "याहवेहको प्रशंसा होस्, जसले आज तपाईंलाई एउटा छुटाउने नातेदारविना छोड्नुभएन। इस्राएलभरि तिनी प्रसिद्ध होऊन्। ती बालकले तपाईंको जीवनलाई नयाँ जीवन दिनेछन् र बुढेसकालमा तपाईंको पालनपोषण गर्नेछन्। किनकि तपाईंकी बुहारी, जसले तपाईंलाई प्रेम गर्छिन्, तिनी तपाईंको निम्ति सात भाइ छोराहरूभन्दा असल छिन्। तिनले यस बालकलाई जन्म दिएकी छिन्।"
जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्,
जसरी आज म गरिरहेछु;
बुबाहरूले आफ्ना सन्तानलाई
तपाईंको विश्वासयोग्यताबारे बताउँछन्।