Ajuda
Deus é nosso auxílio e socorro em todo tempo. Ele não dorme nem cochila. O Senhor é nosso ajudador — não precisamos temer o que o homem possa nos fazer.
मेरो सहायता याहवेहबाट आउँछ,
जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
हेर, परमेश्वर मेरा सहायक हुनुहुन्छ;
प्रभुले नै मलाई सहारा दिनुहुन्छ।
धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ;
सङ्कष्टको समयमा उहाँ नै तिनीहरूको किल्ला हुनुहुन्छ।
याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ;
उहाँले तिनीहरूलाई दुष्टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ;
किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।
हे प्रभु, मेरा मुक्तिदाता,
मलाई सहायता गर्न चाँडै आउनुहोस्!
हे हाम्रा उद्धारक परमेश्वर,
तपाईंको नामको महिमाको खातिर, हामीलाई सहायता गर्नुहोस्;
तपाईंको नामको खातिर हामीलाई छुटाउनुहोस्
र हाम्रा पाप क्षमा गर्नुहोस्!
याहवेहलाई प्रशंसा होस्;
किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ।
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;
मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;
मेरो हृदय आनन्दले उफ्रन्छ,
र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
याहवेहले मलाई सहायता नगर्नुभएको भए,
म चाँडै मृत्युको शून्यतामा बास गर्न पुग्नेथिएँ।
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ,
जसले तेरो दाहिने हात समातेर
तँलाई भन्दछु, नडरा;
म तँलाई सहायता गर्नेछु।
तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ,
तपाईंको सहायताले मलाई महान् बनाएको छ।
"हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु।
म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ।
यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ। परमेश्वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्वरका सन्तहरूका निम्ति परमेश्वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।