Alegria e felicidade
A alegria é fruto do Espírito e marca do cristão. Alegrai-vos sempre no Senhor! A Bíblia ensina que a alegria de Deus é nossa fortaleza — não depende de circunstâncias, mas da presença de Deus.
Alegrai-vos no Senhor
Alegrai-vos sempre no Senhor! Outra vez digo: alegrai-vos! Na presença de Deus há plenitude de alegria eterna.
प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर!
प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर!
जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।
तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।
तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।
म मेरो आँखा सधैँ याहवेहमा राख्दछु,
उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ;
मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।
तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्;
र तिनीहरू आनन्दले गीत गाऊन्।
तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्;
र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।
तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ;
तपाईंले मलाई सङ्कष्टबाट रक्षा गर्नुहुन्छ;
तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला
हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ;
उच्च सोरले परमेश्वरको निम्ति जयजयकार गर!
किनकि याहवेह आफ्ना प्रजासित प्रसन्न हुनुहुन्छ;
उहाँले नम्रहरूलाई विजयको मुकुट पहिर्याइदिनुहुन्छ।
Fruto do Espírito
O fruto do Espírito é amor, alegria, paz. A alegria do Senhor é nossa fortaleza — não depende do mundo.
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
नहेम्याहले भने, "गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।"
नहेम्याहले भने, "गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।"
आजको दिन याहवेहले सृजनुभएको हो;
यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।
कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ,
म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु।
तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्।
त्यो नै मेरो हृदयको आनन्द हो।
याहवेहको भय मान्नेहरू
र उहाँमा आज्ञाकारी भएर हिँड्नेहरू सबै धन्यका हुन्।
तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ;
भलाइ र समृद्धि तिम्रा हुनेछन्।
Alegria nas tribulações
Os que semeiam em lágrimas ceifarão com alegria. Tende por motivo de grande gozo quando caídes em diversas tentações.
जसले आँसु बहाउँदै बिउ छर्दछन्,
तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।
किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;
रुवाइ रातभरि मात्र रहन्छ,
तर बिहान आनन्द आइहाल्छ।
किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;
तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ;
रुवाइ रातभरि मात्र रहन्छ,
तर बिहान आनन्द आइहाल्छ।
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; किनकि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ भनी तिमीहरू जान्दछौ।
चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्,
र अङ्गुरको बोटमा फल नफलोस्;
चाहे जैतुनको रूखले फल नफलाओस्,
र खेतबारीले अन्नबाली नउब्जाओस्,
चाहे खोरमा भेडाबाख्रा
र गोठहरूमा गाईबस्तु नरहून्।
तापनि म याहवेहमा रमाउनेछु।
मेरो उद्धारकर्ता परमेश्वरमा आनन्दित हुनेछु।
यसकारण ख्रीष्टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।
यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ; किनकि तिमीहरूको विश्वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो।
यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ; किनकि तिमीहरूको विश्वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो।
Alegria compartilhada
Alegrai-vos com os que se alegram. O Senhor fez coisas grandiosas por nós — alegrai-vos no Senhor e regozijai-vos.
आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ।
आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ।
किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
ताकि म परमेश्वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ।
प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
तर सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।
वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्वरमा लगाऊन् भनी आज्ञा देऊ।
Jesus e a alegria
A minha alegria esteja em vós e a vossa alegria seja completa. Pedi e recebereis para que a vossa alegria seja plena.
मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्!
मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्!
तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ। अनि कसैले पनि तिमीहरूको आनन्द खोस्नेछैन।
अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
हाम्रा विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो अगि राखिएको आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिने हाततिर विराजमान हुनुभयो।
विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ।
Alegria eterna
Alegria eterna terão sobre suas cabeças. O Senhor reinará com alegria sobre o seu povo para todo o sempre.
तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ;
अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ;
मानिसहरूले कटनीमा रमाएझैँ
लुटको माल बाँड्दा रमाएझैँ,
तिनीहरू तपाईंको सामु
रमाउनेछन्।
हे सियोनका मानिस हो, उच्च सोरले कराओ र आनन्दले गाओ;
किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्वर महान् हुनुहुन्छ।"
याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्।
तिनीहरू सियोनमा गाउँदै पस्नेछन्;
तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ।
तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्;
अनि दुःख र सुस्केरा हराएर जानेछन्।
म याहवेहमा अत्यन्त आनन्दित हुन्छु;
मेरो प्राणले मेरा परमेश्वरमा आनन्द गर्छ।
किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ,
र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ,
उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ,
र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ।
म याहवेहमा अत्यन्त आनन्दित हुन्छु;
मेरो प्राणले मेरा परमेश्वरमा आनन्द गर्छ।
किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ,
र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ,
उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ,
र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ।
याहवेह, तेरा परमेश्वर तँसित हुनुहुन्छ;
तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ।
उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ;
उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन,
तर तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ।"
आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ।
तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,
र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!
निश्चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ;
र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ;
जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो,
तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
याहवेह मेरो बल र मेरो ढाल हुनुहुन्छ;
मेरो हृदयले उहाँमा पूरा भरोसा राखेको छ, र उहाँले मलाई सहायता गर्नुभएको छ;
मेरो हृदय आनन्दले उफ्रन्छ,
र भजन गाएर म उहाँलाई धन्यवाद चढाउनेछु।
धर्मीका आशा आनन्दमय हुन्छ;
तर दुष्टहरूको आशा पूरा हुनेछैन।
उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ;
र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!
उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ;
र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!
धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ;
बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!
सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।
म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।
"स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।