Alma
A alma é a parte mais íntima do ser humano — sede da vida, dos afetos e do encontro com Deus. A Bíblia convida a cuidar da alma com zelo e a aquietá-la diante do Senhor.
A alma diante de Deus
Bendize ao Senhor, ó minha alma! A alma suspira por Deus como a corça suspira pelas águas — com sede de eternidade.
ए मेरो प्राण, याहवेहको प्रशंसा गर्;
ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्!
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ;
म दिलोज्यानले तपाईंलाई खोज्दछु;
पानी नभएको सुक्खा र बाँझो जमिनमा,
मेरो प्राण तपाईंका निम्ति तिर्खाउँछ।
हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?
परमेश्वरमा आशा राख्,
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर,
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
परमेश्वरमा मात्र मेरो प्राणले विश्राम पाउँछ;
उहाँबाट नै मेरो मुक्ति आउँछ।
म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ,
अनि उहाँको वचनमा म आशा राख्दछु।
मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्,
म तपाईंको प्रशंसा गाउँछु;
किनकि मलाई तपाईंले मुक्त गर्नुभएको छ।
याहवेहका व्यवस्थाहरू सिद्ध छन्,
प्राणलाई ताजा गराउने,
याहवेहका कानुनहरू विश्वासयोग्य छन्;
सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने।
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;
तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु;
तपाईंका कार्यहरू अद्भुत छन्,
म त्यो राम्ररी जान्दछु।
हे याहवेह, मलाई
झूटो बोल्ने ओठ
र छली जिब्रोबाट बचाउनुहोस्।
Cuidar da alma
Que aproveita ao homem ganhar o mundo inteiro e perder a sua alma? Buscar a Deus de toda alma é o caminho da vida.
कुनै मानिसले सारा संसार हात पारेर आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा होला? अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्ला र?
येशूले जवाफ दिनुभयो: " ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’
शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ।
तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।"
"अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन।
जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।"
याहवेह यसो भन्नुहुन्छ:
"चौबाटोमा उभिएर हेर,
र प्राचीन मार्गको बारेमा सोध;
त्यो असल मार्ग कहाँ छ, सोध र त्यसैमा हिँड,
तब तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ।
तर तिमीहरूले भन्यौ, ‘हामी यस मार्गमा हिँड्नेछैनौँ।’
मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्,
जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ।
प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।