Ânimo
O ânimo vem de Deus. Ele nos fortalece, nos encoraja e renova nossas forças. Quando o desânimo chega, as promessas de Deus nos levantam e nos impulsionam a seguir em frente.
याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;
मैले कसको भय मान्नु?
याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ;
म कोसँग भयभीत हुनु?
धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ;
सङ्कष्टको समयमा उहाँ नै तिनीहरूको किल्ला हुनुहुन्छ।
जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो;
तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
तब मानिसहरूले जवाफ दिए, "हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्! हामी र हाम्रा पितापुर्खाहरूलाई दासत्वको देश इजिप्टबाट ल्याउनुहुने र हाम्रा आँखाकै सामु ती अलौकिक चिन्हहरू गर्नुहुने याहवेह हाम्रा परमेश्वर आफैँ हुनुहुन्छ। जब हामी ती सबै जातिहरूका बीचबाट भएर आयौँ, तब उहाँले नै हामीलाई हाम्रो यात्राभरि सुरक्षा गर्नुभयो।
सबै किसिमका परीक्षाहरूमा तिमीहरूले अहिले केही समयको लागि दुःख सहनुपरे तापनि यसमा तिमीहरू खूबै रमाउँछौ।
किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ अनि तिमीहरू र म एक-अर्काका विश्वासले प्रोत्साहित हुन सकौँ।
यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौँ।