O que é bom
O que é bom vem de Deus. A Bíblia celebra a bondade divina e nos convida a discernir, praticar e desfrutar tudo o que é bom — porque toda boa dádiva vem do Pai das luzes.
आफूले बनाउनुभएका सबै कुरा परमेश्वरले हेर्नुभयो र ती अति असल थिए। तब साँझ पर्यो र बिहान भयो—छैटौँ दिन।
याहवेह भलो र धर्मी हुनुहुन्छ।
यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।
तर मेरो लागि चाहिँ परमेश्वरको नजिक रहन पाउनु असल छ;
मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु;
म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।
याहवेहको प्रशंसा गर्नु
र हे सर्वोच्च परमेश्वर, तपाईंको नाममा धुन बजाउनु असल कुरा हो।
बिहान तपाईंको अचुक प्रेमको
र राति तपाईंको विश्वासयोग्यताको घोषणा गर्नु,
दशतारे वीणाको सङ्गीतमा
र सितारको मधुर लयमा तपाईंको स्तुति गर्नु असल कुरा हो।
किनकि याहवेह भलो हुनुहुन्छ, र उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ;
उहाँको विश्वासयोग्यता सबै पुस्ताहरूमा रहिरहन्छ।
परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नु
कति असल र आनन्दमय कुरा हुन्छ!
म तिमीहरूलाई उचित कुरा सिकाउँछु,
यसकारण मेरो शिक्षालाई नत्याग!
उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ;
र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!
हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ;
चाकाबाट निकालिएको मह स्वादिष्ठ हुन्छ।
यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ;
तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ,
र तिम्रो आशा खोसिनेछैन।
बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो,
र सूर्य देख्नेहरूलाई फाइदा हुँदछ।
याहवेहमा आशा राख्नेहरू
र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;
याहवेहको उद्धारका निम्ति
चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो।
हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ।
अनि याहवेहले तँबाट के चाहनुहुन्छ?
केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू;
अनि नम्र भएर आफ्ना परमेश्वरसित हिँड्नू।
त्यसो भए तापनि व्यवस्था पवित्र छ, र आज्ञा पनि पवित्र, धार्मिक र असल छ।
यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ।
यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्। हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्। यो असल हो र हाम्रा मुक्तिदाता परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
किनकि परमेश्वरले सृष्टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन। किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ।
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
"नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।"