Casa de Deus
A casa de Deus é lugar de adoração, refúgio e encontro com o Sagrado. A Bíblia exalta o tabernáculo, o templo e a igreja como morada do Altíssimo entre seu povo.
A presença de Deus
Quão amáveis são os teus tabernáculos! Uma coisa pedi ao Senhor: habitar na casa do Senhor todos os dias da minha vida.
तपाईंको मन्दिरको चोकमा एक दिन
अरू ठाउँको हजार दिनभन्दा उत्तम छ;
दुष्टहरूका पालहरूमा बस्नुभन्दा त,
बरु मेरा परमेश्वरको भवनको ढोके हुन मलाई मन पर्छ,
याहवेहसँग म एउटै कुरा माग्दछु,
म त्यसैको मात्र खोजी गर्दछु:
कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,
उहाँको सुन्दरता हेर्न पाऊँ,
र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्नुहुन्छ,
र तपाईंको मन्दिरको आँगनमा बस्नलाई आफू नजिक ल्याउनुहुन्छ!
तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ।
जब तिनीहरूले मलाई, "याहवेहका भवनमा हामी जाऔँ" भने,
तब म तिनीहरूसँगै आनन्दित भएँ।
निश्चय नै तपाईंको भलाइ र प्रेम
मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्,
र म सधैँभरि
याहवेहको भवनमा बास गर्नेछु।
तर मचाहिँ परमेश्वरको भवनमा बढेको
हरियो जैतुनको रूखजस्तो छु;
म परमेश्वरको अचुक प्रेममा
सदासर्वदा भरोसा गर्दछु।
किनकि तपाईंको घरप्रतिको जोशले मलाई खाएको छ,
र तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि आइपरेको छ।
O templo
Minha casa será chamada casa de oração. O zelo da tua casa me consumiu. O verdadeiro templo é o corpo do cristão.
येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो। र उहाँले तिनीहरूलाई भन्नुभयो, "यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’"
यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो। उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो। तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो। उहाँले ढुकुर बेच्नेहरूलाई भन्नुभयो, "यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!" उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: "तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।"
के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ;
यदि म आउन ढिलो भएँ भने तापनि परमेश्वरको परिवार, जुन सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्वरको मण्डली हो; त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्न सक।
तर परमेश्वरको सम्पूर्ण परिवारमा ख्रीष्टचाहिँ पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्यौँ भने हामी उहाँका परिवार हौँ।
"उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो। त्यो पाल प्राप्त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्यो। दावीदले परमेश्वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे। तर यो वासस्थानचाहिँ सोलोमनले बनाए।
"तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्च परमेश्वर बास गर्नुहुन्न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्:
" ‘स्वर्ग मेरो सिंहासन हो,
र पृथ्वीचाहिँ मेरो पाउदान हो।
मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ?
परमेश्वर भन्नुहुन्छ।
वा मेरो विश्रामस्थल कहाँ हुनेछ?
के मेरै हातले यी सबै थोक बनाएको होइन र?’
याहवेह यसो भन्नुहुन्छ:
"स्वर्ग मेरो सिंहासन हो,
र पृथ्वीचाहिँ मेरो पाउदान हो।
मेरा निम्ति तिमीहरूले कहाँ भवन बनाउँछौ?
मेरो विश्रामस्थल कहाँ हुनेछ?
के मेरै हातले यी सबै थोक बनाएको होइन,
र यसरी अस्तित्वमा आए?"
याहवेह घोषणा गर्नुहुन्छ।
"त्यो मानिस, जसलाई म निगाह गर्छु:
जो नम्र र आत्मामा दीन छ;
अनि जो मेरो वचनमा आज्ञाकारी छ।
जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, "निश्चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।" तब तिनी डराएर भने, "यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।"