Céu
O céu é a morada eterna de Deus e a esperança final do cristão. A Bíblia descreve o céu como lugar de glória, alegria e comunhão perfeita com o Criador.
A morada de Deus
Na casa de meu Pai há muitas moradas. Os céus declaram a glória de Deus — e um dia habitaremos lá eternamente.
मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ।
आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ;
अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्।
हरेक दिनले अर्को दिनसँग परमेश्वरको महिमाको चर्चा गर्दछ;
हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ।
हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्।
स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने,
याहवेहको नाममा हाम्रो सहायता छ।
स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र?
अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन।
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य र 10 मा भनिएझैँ पृथ्वीमा जमिन र पानी छुट्याइएको थिएन। थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्वरको आत्मा घुमिरहनुहुन्थ्यो।
उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ,
र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ;
उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ,
र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ,
उहाँको नाम याहवेह हो।
याहवेह घोषणा गर्नुहुन्छ,
"कसले आफूलाई गुप्त ठाउँहरूमा लुकाउन सक्छ,
जहाँ म तिमीहरूलाई देख्न सक्दिनँ?
के म स्वर्ग र पृथ्वी दुवै ठाउँमा देख्न सक्दिनँ र?"
याहवेह घोषणा गर्नुहुन्छ।
"हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
Cidadania celestial
A nossa cidadania está nos céus. Ajuntai tesouros no céu, não na terra. O céu é a pátria do cristão.
तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ।
"आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ। तर आफ्ना निम्ति धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ किरा र खियाले नष्ट पार्दैन; अनि चोरले फोरेर चोर्दैन।
येशूले भन्नुभयो, "साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।"
येशूले उत्तर दिनुभयो, "यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।"
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन।
Esperança eterna
Seremos arrebatados para encontrar o Senhor nos ares. Ainda não se manifestou o que havemos de ser — mas seremos semelhantes a Ele.
किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्वरको तुरहीको सोरसँगै स्वर्गबाट ओर्लिआउनुहुनेछ, र ख्रीष्टमा मरेकाहरू पहिले जीवित हुनेछन्। त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ।
प्रिय मित्रहरू हो, अहिले हामी परमेश्वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ। यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।
प्रभुले मलाई हरेक दुष्ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।
येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो।
उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्टताको आत्मिकी सेनाहरूका विरुद्ध हो।
किनकि हामीले यस संसारमा न केही ल्यायौँ, न त यसबाट केही लिएर जानेछौँ। तर यदि हामीसित खानेकुरा र लगाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्ट रहन सक्नुपर्छ।
"जसरी आकाश पृथ्वीभन्दा उच्च छ,
त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्च छन्;
अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्।
हरेक कुराका लागि समय छ;
र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ:
आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ,
र जस्तो आयो, त्यस्तै फर्किजान्छ।
आफ्नो परिश्रमको कमाइबाट
केही पनि हातमा लिएर जान सक्दैन।