Compaixão
A compaixão é o coração de Deus em ação. Ele é compassivo e misericordioso, tardio em irar-se e grande em amor. Somos chamados a refletir essa compaixão no mundo.
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्,
त्यसरी नै याहवेहले उहाँको भय मान्नेहरूलाई टिठ्याउनुभएको छ;
तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्वर हुनुहुन्छ;
रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।
तपाईंको अचुक प्रेम जीवनभन्दा पनि उत्तम छ;
यसैले मेरा ओठले तपाईंको महिमा गर्नेछ।
याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ;
किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।
हरेक बिहान ती नयाँ भएर आउँछन्;
तपाईंको विश्वसनीयता महान् छ।
"के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे,
र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र?
त्यसले भुल्न पनि सक्छे,
तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ!
हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु;
तेरा पर्खालहरू सधैँ मेरो सामु छन्।
तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ;
उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ।
किनकि याहवेह न्यायको परमेश्वर हुनुहुन्छ।
उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!
तपाईंजस्तो परमेश्वर को छ र?
जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ,
र अपराधहरू बिर्सिदिनुहुन्छ।
तपाईं सधैँभरि रिसाइरहनुहुन्न,
तर अटुट प्रेम देखाउनमा प्रसन्न हुनुहुन्छ।
"म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु,
र योसेफको घरानालाई बचाउनेछु।
म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु;
किनकि मलाई तिनीहरूप्रति दया भएको कारण
तिनीहरू यस्ता हुनेछन्, मानौ
मैले तिनीहरूलाई कहिल्यै त्यागेकै थिइनँ;
किनकि म याहवेह तिनीहरूका परमेश्वर हुँ;
अनि म तिनीहरूलाई जवाफ दिनेछु।
"सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘साँचो न्याय गर; एक-आपसमा कृपा र दया देखाओ। विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्ट युक्ति नरच।’
यसकारण परमेश्वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैँ तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर।
एक-अर्काप्रति दयालु र कोमल मनका होओ; जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै एक-अर्कालाई क्षमा गर।
असल काम गर्दा दुःख भोगाइ
अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ।
यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र?
सान्त्वनाका परमेश्वर
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ।
किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।
आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ।
अन्तिम अभिवादनहरू
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।