Confiança
A confiança em Deus é âncora da alma em tempos de tempestade. Quem confia no Senhor não será abalado — porque o Deus fiel sustenta, protege e guia os que nele esperam.
Confiança inabalável
Tudo posso naquele que me fortalece. O meu Deus suprirá toda necessidade. Quem confia não será confundido.
उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।
र मेरा परमेश्वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।
अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?
न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ,
त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।
म याहवेहको बारेमा भन्नेछु, "उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,
मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।"
मेरो मुक्ति र मेरो सम्मान परमेश्वरमा आधारित छ;
उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।
जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
परमेश्वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु—
म उहाँमा भरोसा राख्छु र डराउँदिनँ,
मरणशील मानिसले मलाई के गर्न सक्छ र?
Fundamento de confiança
Deus não é homem para que minta. Todas as suas promessas são firmes. Confiar em Deus é segurança absoluta.
परमेश्वर मानिसजस्तो हुनुहुन्न, उहाँले झूट बोल्नुहुन्न;
उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्न, जसले आफ्नो मन बदली गर्नुहुन्छ।
के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्न र?
के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्न र?
तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्ट रहो; किनकि परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ,
"म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,
म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।"
यसकारण हामी आत्मविश्वाससहित भन्दछौँ,
"प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ।
मरणशील मानिसले मलाई के गर्न सक्छ र?"
तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रीष्ट येशूमा विश्वास र प्रेमसाथ नमुनाको रूपमा पक्रिराख।
यसकारण तिमी, मेरो छोरा, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख
र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प,
र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्नति हुन्छ,
धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।
मानिसको डर पासोमा प्रमाणित हुन्छ;
तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
Confiar em todas as coisas
Não pertenço ao mundo — minha cidadania é do céu. A confiança cristã repousa na fidelidade de Deus, não nas circunstâncias.
तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन।
येशूले भन्नुभयो, "यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।"
येशूले जवाफ दिनुभयो, "जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।"
आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?
"ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।"
"धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ,
जसको भरोसा उहाँमाथि हुन्छ।
तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्,
जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्।
गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन;
त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्।
खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन,
र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।"
तँ पानीबाट भएर जाँदा
म तँसित हुनेछु;
अनि तँ नदीहरूबाट भएर जाँदा
तिनले तँलाई बगाउनेछैनन्।
तँ आगोबाट हिँडेर जाँदा
तँ जल्नेछैनस्;
त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
परमेश्वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ।
परमेश्वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ।
अनि यसरी नै हामीप्रति परमेश्वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ।
परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्वरमा जिउँछ, र परमेश्वर त्यसमा जिउनुहुन्छ।
प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्।
Esperar com confiança
O Senhor está perto de todos os que o invocam. Na espera confiante encontramos descanso e direção divina.
याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,
उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।
हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;
किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;
म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;
किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।
उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—
तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
याहवेहमा भरोसा राख, र भलाइ गर;
ताकि देशमा आनन्दसाथ बस्न सक।
तपाईंका भलाइ कति प्रशस्त छन्,
जसलाई तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले भण्डार गर्नुभएको छ,
तपाईंले सबै मानिसहरूका सामु
तपाईंमा शरण पर्नेहरूलाई ती दिनुभएको छ।
स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र?
अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन।
तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ।
तर जब कसैले माग्छ, त्यसले विश्वास गर्नुपर्छ र शङ्का गर्नुहुन्न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो।
हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्वास राखेर जिउँछौँ।