Confissão
A confissão é caminho de libertação e restauração. Quando confessamos nossos pecados, Deus é fiel e justo para nos perdoar e nos purificar de toda injustiça.
Confessar e receber perdão
Se confessarmos os nossos pecados, Ele é fiel e justo para nos perdoar. A confissão abre a porta da graça restauradora.
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,
र मेरो अधर्म लुकाइ राखिनँ।
मैले भनेँ, "म याहवेहको सामु
मेरो अपराधहरू स्वीकार गर्नेछु।"
र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,
तब मेरो दिनभरिको विलौनाले गर्दा
मेरा हाडहरू मक्किए।
आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन;
तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ।
यीमध्ये कुनै कुरामा कोही दोषी छ भने त्यसले कुन कुरामा पाप गरेको छ, त्यो पाप स्वीकार गर्नुपर्छ।
Confissão como fé
Se com a boca confessares que Jesus é Senhor e creres, serás salvo. A confissão de fé é alicerce da vida cristã.
यदि तिमीले, "येशू नै प्रभु हुनुहुन्छ," भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्वास गर्छौ भने तिम्रो उद्धार हुनेछ।
किनकि तिम्रो हृदयबाट तिमीले विश्वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्वास स्वीकार गर्छौ र उद्धार पाउँछौ।
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमाबाट टाढा भएका छन्; र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।
विश्वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!