Consequências dos nossos atos
Toda ação tem consequências. A Bíblia ensina que colhemos o que semeamos — para o bem e para o mal. Deus pesará cada palavra e ato no dia do juízo.
Colher o que semear
Cada um prestará contas de si mesmo a Deus. O Senhor julgará as obras e os segredos dos homens com justiça perfeita.
यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।
परमेश्वरले "प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।" परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछ। दुष्ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्ट आइपर्नेछ: पहिले यहूदीहरूलाई, त्यसपछि गैरयहूदीहरूलाई। तर जसले असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीलाई, र गैरयहूदीलाई। किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
परमेश्वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो। किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटै मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ!
अरूको न्याय नगर
"न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ। किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ।
किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ। सारा सृष्टिमा भएको कुनै पनि थोक परमेश्वरको सृष्टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।
Responsabilidade pessoal
Quem é sábio prevê o perigo e se esconde. A Palavra examina os pensamentos e intenções do coração.
विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ;
तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ।
यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ;
यदि तिमी गिल्ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ।
असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै
आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।
" ‘यदि कुनै व्यक्तिले यस्तो किसिमको पाप गर्यो, कि साक्षी भईकन पनि आफूले देखेको र जानेको विषयमा जनसाधारण अगि बोल्नुपर्दा पनि त्यस मानिसले केही बोलेन भने त्यो त्यसको लागि जिम्मेवार ठहराइनेछ।
"यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ।
" ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
Consequências inevitáveis
A terra deu seu fruto conforme as obras dos que nela habitam. Ninguém escapa do juízo — Deus pesa cada ação.
तिमीहरूका बासिन्दाहरूका दुष्ट कामहरूका
परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ।
तैँले आफ्नो कामुकताको दण्ड पाउनेछेस्, र तेरो मूर्तिपूजाका पापको परिणाम भोग्नेछेस्। तब तैँले म नै प्रभु याहवेह हुँ भनी जान्नेछस्।"
तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।
किन दुष्टहरूले परमेश्वरको विरोध गर्छन्?
तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्,
"उहाँले हाम्रो लेखा लिनुहुनेछैन?"
तर हे परमेश्वर, तपाईं दुःखीहरूका सङ्कष्ट देख्नुहुन्छ;
तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ।
दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्;
तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ।