Coração quebrantado
Deus está perto dos que têm o coração quebrantado. A Bíblia consola os aflitos: o sacrifício que Deus aceita é o espírito quebrantado e um coração contrito — jamais desprezará.
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
हे परमेश्वर, तोडिएको मन नै मेरो बलिदान हो;
हे परमेश्वर, तपाईंले चूर्ण र पश्चात्तापी
हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्न।
उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ,
र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
मेरो देह र मेरो हृदय दुवै विफल होलान्,
तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल
र मेरो भाग हुनुहुन्छ।
किनकि उच्च र सर्वश्रेष्ठ परमेश्वर भन्नुहुन्छ:
जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः
"म उच्च र पवित्र ठाउँमा बस्छु,
तर नम्रहरूको आत्मा
र पश्चात्तापीहरूको हृदयलाई जागृत पार्न,
आत्मामा नम्र र पश्चात्तापी भएकाहरूसित पनि बस्दछु।
के मेरै हातले यी सबै थोक बनाएको होइन,
र यसरी अस्तित्वमा आए?"
याहवेह घोषणा गर्नुहुन्छ।
"त्यो मानिस, जसलाई म निगाह गर्छु:
जो नम्र र आत्मामा दीन छ;
अनि जो मेरो वचनमा आज्ञाकारी छ।
प्रभु याहवेहको आत्मा ममाथि छ;
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
याहवेहले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न,
कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न,
र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न,
याहवेहको निगाहको वर्ष
र हाम्रा परमेश्वरको बदलाको घोषणा गर्न,
शोक गर्नेहरूलाई सान्त्वना दिन,
र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन,
तिनीहरूलाई खरानीको सट्टा
सुन्दरताको मुकुट प्रदान गर्न,
विलापको सट्टा
आनन्दको तेल दिन,
निराशाको आत्माको सट्टा
प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ।
उहाँको गौरव प्रदर्शन गर्न
तिनीहरूलाई याहवेहले रोप्नुभएको
धार्मिकताका फलाँटहरू भनिनेछन्।
"आत्मामा दीन हुनेहरू धन्य हुन्,
किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
शोक गर्नेहरू धन्य हुन्,
किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
नम्र हुनेहरू धन्य हुन्,
किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
ईश्वरीय दुःखले पश्चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्न गराउँछ। हेर, यो ईश्वरीय दुःखले तिमीहरूमा के उत्पन्न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।
तर उहाँले मलाई भन्नुभयो, "मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।" यसकारण ख्रीष्टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु।