Corpo é o templo de Deus
O corpo do cristão é templo de Deus. Ele habita em nós pelo Espírito Santo, fazendo do crente morada viva e sagrada do Altíssimo.
Templo do Deus vivo
Vós sois o templo do Deus vivo. Deus disse: habitarei neles e entre eles andarei. O criador mora em sua criação redimida.
के तिमीहरू आफैँ परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने कुरा जान्दैनौ? यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्दछ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ; किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ।
के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर।
परमेश्वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्वरका मन्दिर हौँ। जसरी परमेश्वरले भन्नुभएको छ:
"म तिनीहरूसँग बस्नेछु,
र तिनीहरूसित हिँड्डुल गर्नेछु;
अनि म तिनीहरूका परमेश्वर हुनेछु,
र तिनीहरू मेरा प्रजा हुनेछन्।"
फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूका जगमाथि बसालिएको छ; अनि जसको मुख्य ढुङ्गो ख्रीष्ट येशू आफैँ हुनुहुन्छ। उहाँमा नै पूरै भवन ठिकसँग जोडिएको हुन्छ र प्रभुमा एक पवित्र मन्दिर बन्नलाई बढ्दैजान्छ। अनि उहाँमा तिमीहरू पनि आत्माद्वारा वासस्थान बन्नलाई एकसाथ निर्माण भइरहेका छौ, जसमा परमेश्वर आफ्नो आत्माद्वारा बास गर्नुहुन्छ।
किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्वर नै हरेक थोकका निर्माता हुनुहुन्छ। अनि भविष्यमा परमेश्वरले के भन्नुहुनेछ भनेर साक्षी दिँदै, "परमेश्वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्वासयोग्य थिए।" तर परमेश्वरको सम्पूर्ण परिवारमा ख्रीष्टचाहिँ पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्यौँ भने हामी उहाँका परिवार हौँ।
अनि भविष्यमा परमेश्वरले के भन्नुहुनेछ भनेर साक्षी दिँदै, "परमेश्वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्वासयोग्य थिए।" तर परमेश्वरको सम्पूर्ण परिवारमा ख्रीष्टचाहिँ पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्यौँ भने हामी उहाँका परिवार हौँ।
Cristo em nós
Já não sou eu quem vive, mas Cristo vive em mim. A presença de Deus no crente é privilégio e responsabilidade sagrada.
म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
येशूले जवाफ दिनुभयो, "जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू पालन गर्नेछ। मेरा पिताले त्यसलाई पनि प्रेम गर्नुहुनेछ। अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ।
विश्वासमा दृढ रहने आह्वान
यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीलाई येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र पस्ने आत्मविश्वास प्राप्त भएको छ; येशूले हाम्रो निम्ति एउटा नयाँ र जीवन दिने मार्ग खोलिदिनुभएको छ, अर्थात् त्यस पर्दाद्वारा, जो उहाँको शरीर हो। परमेश्वरको परिवारमा हामीसँग एक जना प्रधान पुजारी हुनुभएकोले, हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।
तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको विशेष सम्पत्ति हौ ताकि तिमीहरूले तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक।