Criação
A criação revela a glória de Deus. Céus, terra, mares e tudo o que existe testemunham o poder criador. No princípio Deus criou — e tudo era muito bom.
No princípio
No princípio criou Deus os céus e a terra. O Espírito de Deus pairava sobre as águas. E Deus disse: haja luz.
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य र 10 मा भनिएझैँ पृथ्वीमा जमिन र पानी छुट्याइएको थिएन। थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्वरको आत्मा घुमिरहनुहुन्थ्यो।
तब परमेश्वरले आज्ञा गर्नुभयो, "हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु, र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।"
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो;
पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।
याहवेह परमेश्वरले भन्नुभयो, "मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।"
O poder criador
Pela palavra do Senhor foram feitos os céus. Tudo foi criado por Ele e para Ele — o visível e o invisível.
याहवेहको वचनद्वारा आकाशहरू बनिए,
उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए।
पहाडहरू उत्पन्न हुनुभन्दा अगि,
अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि,
अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्वर हुनुहुन्छ।
आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ;
याहवेह हाम्रा सृष्टिकर्ताको अगि घुँडा टेकौँ;
म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु—
मेरो सहायता कहाँबाट आउँछ?
मेरो सहायता याहवेहबाट आउँछ,
जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने,
याहवेहको नाममा हाम्रो सहायता छ।
आजको दिन याहवेहले सृजनुभएको हो;
यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;
तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु;
तपाईंका कार्यहरू अद्भुत छन्,
म त्यो राम्ररी जान्दछु।
Criador e Sustentador
O Deus eterno não se cansa nem se fatiga. Dele, por Ele e para Ele são todas as coisas — a Ele seja a glória.
के तँ जान्दैनस्?
के तैँले सुनेको छैनस्?
याहवेह अनन्तका परमेश्वर हुनुहुन्छ,
सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
उहाँ थाक्नुहुन्न, न त गल्नु हुन्छ,
उहाँको बुद्धि अपरम्पार छ।
"धिक्कार त्यसलाई, जसले आफ्नो सृष्टिकर्तासित झगडा गर्छ!
त्यो पनि भुइँमा भएका
माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो।
के माटोले कुमालेलाई
‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ?
के तेरो कामले
‘त्यसको हातै छैन’ भनी भन्छ?
"हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ,
र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ;
उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ,
र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ,
उहाँको नाम याहवेह हो।
किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्।
उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
किनकि परमेश्वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने भन्ने कुनै किसिमको बहाना छैन।
किनकि सृष्टिले बडो उत्सुकतासाथ परमेश्वरका सन्तानहरू प्रकट हुन् भनी प्रतीक्षा गरिरहेको छ।
Nova criação
Se alguém está em Cristo, nova criatura é. O Criador faz novas todas as coisas — na natureza e na redenção.
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।
किनकि हामी परमेश्वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो।
सृष्टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्नुभयो।
किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।
‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’
तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ:
"सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई
प्रशंसा, आदर, महिमा र शक्ति
सदासर्वदा भइरहोस्!"