Desejos
Os desejos revelam o que há no coração. A Bíblia nos ensina a purificar nossos desejos, submeter a carne ao espírito e buscar as coisas que são de cima.
Desejos da carne
A carne milita contra o espírito. O cristão é chamado a vigiar, resistir e não satisfazer os desejos da natureza pecaminosa.
यसकारण म भन्दछु, पवित्र आत्माको नियन्त्रणमा हिँड, र तिमीहरू शरीरको पापमय स्वभावको लालसामा नपर;
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू स्वतन्त्र हुन बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई शारीरिक स्वभावका निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।
दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला।
जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।"
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य,
पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’
संयमी र चनाखो होओ। तिमीहरूको शत्रु शैतान कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ यताउति घुमिहिँड्छ।
किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।
अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ।
यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
Purificar os desejos
Guarda o teu coração. Das profundezas do interior do homem saem os desejos — bons ou maus, conforme o coração.
"मैले कुनै कन्यालाई कामुक दृष्टिले नहेर्ने भनी
मैले आफ्ना आँखाहरूसँग करार बाँधेको छु।
के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने
त्यसका पाउहरू जल्दैन र?
दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,
तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
धनसम्पत्ति एकै छिनमा उडिजान्छन्;
किनकि यसका पखेटाहरू पलाउँछन्,
आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।
किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्।
"मेरो लागि सबै कुरा उचित छन्" तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। "मेरो लागि सबै कुरा उचित छन्," तर म कुनै कुराको पनि सेवक हुनेछैनँ।
तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्।
मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।
Desejos santos
Como a corça deseja as correntes de água, minha alma suspira por ti, ó Deus. Os desejos do Espírito produzem vida e paz.
जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,
त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु।
हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै,
हामी तपाईंको प्रतीक्षा गर्छौँ;
तपाईंको नाम र ख्याति नै
हाम्रा हृदयका इच्छा हुन्।
जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्वरीय स्वभावमा सहभागी होओ, र दुष्ट इच्छाहरूले ल्याउने संसारको भ्रष्टतादेखि भाग्नसक्छौ।
तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्वरसित माग्दैनौ।
परीक्षामा पर्दा कसैले पनि "परमेश्वरले मलाई परीक्षा गर्नुहुँदैछ" भनी नभनोस्; किनकि दुष्ट कुराहरूबाट परमेश्वर परीक्षित हुन सक्नुहुन्न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ।
अब हामी के भनौँ त? व्यवस्था पाप हो त? पक्कै पनि होइन! वास्तवमा व्यवस्था नभएको भए, पाप के हो भन्ने कुरा मैले थाहा पाउने नै थिइनँ। व्यवस्थाले "लोभ नगर" नभनेको भए लोभ के हो भन्ने कुरा मैले जान्ने नै थिइनँ।
विवाहलाई सबैले आदरणीय मानून्, र ओछ्यान नबिटुलियोस्; किनकि परमेश्वरले व्यभिचारी र सबै अनैतिक सम्बन्धहरूको न्याय गर्नुहुन्छ।
किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।