Despedida
As despedidas na Bíblia são momentos sagrados de bênção, oração e confiança em Deus. Mesmo na separação, os filhos de Deus se despedem com fé, carinho e esperança de reencontro.
Despedidas bíblicas
Paulo se despediu dos anciãos de Éfeso com oração e lágrimas. As despedidas entre irmãos são marcadas por afeto e fé.
यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैसँग प्रार्थना गरे। उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए। तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्याउन गए।
म्यासिडोनिया र ग्रीसमा पावल
जब सहरमा खैलाबैला शान्त भयो, तब पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। अनि तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए।
तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्वासीहरूद्वारा शान्तिको आशिष्सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो।
थेसलोनिकीहरूलाई फेरि भेट्ने पावलको उत्कट इच्छा
तर दाजुभाइ-दिदीबहिनीहरू हो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौँ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्यौँ।
परमेश्वर साक्षी हुनुहुन्छ, कि ख्रीष्ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु।
Amizades profundas
Davi e Jônatas se despediram com lágrimas e pacto de amizade. Rute se apegou a Noemi com lealdade inabalável.
त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीनपल्ट तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए।
जोनाथनले दावीदलाई भने, "शान्तिसित जानुहोस्; किनकि हामीले याहवेहको नाममा एक-आपसमा मित्रताको शपथ खाएर यसो भनेका छौँ, ‘याहवेह तपाईं र मेरो बीचमा, र तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सधैँका निम्ति साक्षी हुनुहुन्छ।’ " त्यसपछि दावीद गइहाले, र जोनाथनचाहिँ सहरतिर लागे।
त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीनपल्ट तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए।
अनि बाटोमा नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, "तिमीहरू आ-आफ्नी आमाका घरमा फर्केर जाओ। जसरी तिमीहरूले आफ्ना मृत पतिहरू र मलाई दया देखायौ, त्यसरी नै याहवेहले पनि तिमीहरूसित दया देखाऊन्। याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।"
अनि तिनले उनीहरूलाई म्वाइँ खाइन्, र तिनीहरू डाँको छोडेर रोए। अनि तिनलाई भने, "हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।"
तर नाओमीले भनिन्, "मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र? मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।"
यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्।
यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्।
तब मोशाले आफ्ना ससुरालाई बिदा गरे; अनि यित्रो आफ्नो देशको बाटो लागे।
Bênçãos de despedida
O Senhor te abençoe e te guarde. O Senhor faça resplandecer o seu rosto sobre ti e te dê a paz.
" ‘ "याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
र तिमीहरूलाई रक्षा गरून्;
याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्,
र तिमीहरूप्रति अनुग्रही होऊन्;
याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्,
र तिमीहरूलाई शान्ति देऊन्।" ’
याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—
उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
तिमी बाहिर जाँदा र भित्र आउँदा,
अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।
तिमीहरू सबैसित अनुग्रह रहोस्!
अन्तिम अभिवादनहरू
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
अन्तिम अभिवादनहरू
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर।
यहाँ भएका सबै परमेश्वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।
परमेश्वरका हातहतियार
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
त्यसपछि यहोशूले तिनीहरूलाई आशिष् दिए, र पठाइदिए। अनि तिनीहरू आ-आफ्ना घरतिर गए।
अझै अर्कोले भन्यो, "प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।"
येशूले जवाफ दिनुभयो, "आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।"
तब एलीशाले आफ्ना गोरुहरू छोडे, र तिनी एलियाको पछि-पछि दगुरे। तिनले भने, "मलाई मेरा पितालाई चुम्बन गर्न र आमासित बिदा माग्न दिनुहोस्, र म तपाईंसँग आउनेछु।"
एलियाले जवाफ दिए, "फर्किएर जाऊ, मैले तिमीलाई के गरेको छु र?"
यसकारण एलीशा तिनलाई छोडेर फर्किए। तिनले आफ्नो एक हल गोरुलाई लिएर मारे। तिनले हलोका काठहरू बालेर मासु पकाए; र मानिसहरूलाई ती दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियालाई पछ्याउन गइहाले, र तिनका सेवक भए।