O Deus do impossível
Deus é o Deus do impossível. Para Ele não há nada difícil demais. O que parece impossível aos olhos humanos é perfeitamente possível para o Criador do universo.
Nada é impossível
Para Deus nada é impossível. Ele faz infinitamente mais do que podemos pedir ou imaginar — esse é o nosso Deus.
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ, तर परमेश्वरका लागि छैन; परमेश्वरका लागि सबै कुरा सम्भव छ।"
येशूले जवाफ दिनुभयो, "जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।"
मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, "यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।"
स्वर्गदूतले जवाफ दिए, "पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ। यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्। किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।"
मरियमले भनिन्, "म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।" त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।
तब याहवेहले अब्राहामलाई भन्नुभयो, "म बुढी भइसकेकीले के साँच्चै बच्चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी? के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।"
"म जान्दछु, तपाईंले सबै कुराहरू गर्न सक्नुहुन्छ;
तपाईंका कुनै पनि उद्देश्य रोक्न सकिँदैन।
"हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन।
Fé no impossível
Se tiverdes fé como um grão de mostarda... Os impossíveis de Deus são convites ao exercício da fé audaciosa.
उहाँले जवाफ दिनुभयो, "किनकि तिमीहरूमा विश्वासको कमी छ। तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन।
येशूले भन्नुभयो, "यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।"
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्वास गर, र ती तिमीहरूको हुनेछ।
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: "त्यस बेला बाँकी मानिसहरूका निम्ति यो कुरा असम्भव देखिएला, तर के यो मेरा निम्ति असम्भव होला र?" सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ;
उहाँको समझशक्तिको कुनै सीमा छैन।
आफ्नो निश्चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो।