Deus está contigo
Deus está contigo — esta é a promessa mais repetida da Bíblia. Onde quer que vás, em qualquer situação, o Senhor caminha ao teu lado e nada pode te separar do seu amor.
Eu sou contigo
Sê forte e corajoso! Não temas, porque o Senhor teu Deus é contigo por onde quer que andares.
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।"
तेरो जीवनकालभरि तेरो विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि रहनेछु; म तँलाई कहिल्यै छोड्नेछैनँ, न त तँलाई त्याग्ने नै छु। "बलियो र साहसी बन्; किनकि तैँले नै यी मानिसहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको देशमा अधिकार गर्नलाई अगुवाइ गर्नेछस्।
तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।"
यसकारण नडरा; किनकि म तँसित छु;
निराश नहो, किनकि म तेरो परमेश्वर हुँ।
म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु;
म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
म तँलाई यी मानिसहरूका निम्ति एउटा पर्खाल,
काँसाको एउटा किल्ला बनाउनेछु;
तिनीहरू तेरो विरुद्धमा लडाइँ गर्नेछन्,
तर तँमाथि विजयी हुनेछैनन्;
किनकि तँलाई विजय दिन र बचाउन
म तेरो साथमा छु,"
याहवेह घोषणा गर्नुहुन्छ।
याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, "हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।"
Presença constante
Não te deixarei nem te desampararei. Cristo habita no coração pela fé — e estará conosco até o fim dos tempos.
तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्ट रहो; किनकि परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ,
"म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ,
म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।"
मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।"
ताकि ख्रीष्ट तिमीहरूका हृदयमा विश्वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै
के तिमीहरू आफैँ परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने कुरा जान्दैनौ?
म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।
Amor inseparável
Nada poderá nos separar do amor de Deus que está em Cristo Jesus nosso Senhor. Absolutamente nada.
किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।