Dia dos pais
O Dia dos Pais celebra o amor e o sacrifício paterno. A Bíblia honra os pais como provedores, protetores e guias espirituais que moldam as próximas gerações.
O pai que educa
Instrui a criança no caminho em que deve andar. O pai justo educa com amor, firmeza e o exemplo de uma vida íntegra.
बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ;
र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।
आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ,
तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ।
धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ;
त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्।
धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ;
बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!
याहवेहको डर मान्नेको किल्ला सुरक्षित रहन्छ;
र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।
Honra e alegria
Honra a teu pai e tua mãe. Os filhos são herança do Senhor, e a família que serve a Deus junta é inabalável.
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
छोराछोरीहरू याहवेहले दिनुभएका उत्तराधिकार हुन्;
गर्भका फलहरू उहाँले दिनुभएका उपहार हुन्।
युवावस्थामा जन्मेका छोराछोरीहरू,
वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।
त्यो मानिस धन्यको हो,
जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ।
मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा
तिनीहरू लाजमा पर्नेछैनन्।
तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।"
तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ।
अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो।
"तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।
"तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’
"तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ। पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ।