Doença
A doença é realidade humana que a Bíblia confronta com compaixão e poder. Jesus curou toda enfermidade e prometeu ouvir a oração da fé pelos enfermos.
Jesus, o curador
Jesus percorreu toda a Galileia curando toda enfermidade e doença entre o povo. Pelo seu nome, curas continuam acontecendo.
येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।
रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
जब साँझ पर्यो, दुष्ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो। यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो:
"उहाँले हाम्रा कमजोरीहरू लिनुभयो,
अनि हाम्रा रोगहरू उठाइलानुभयो।"
मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’
"तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ? हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्यौँ अथवा वस्त्रको अभावमा पहिर्यायौँ? हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’
"राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, "निरोगीलाई चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।"
त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन।
एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो।
Promessas de cura
Eu sou o Senhor que te sara. As Escrituras prometem cura para o corpo e para a alma aos que confiam em Deus.
उहाँले भन्नुभयो, "तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्टिमा जे ठिक छ, त्यही गर्यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।"
याहवेह तिमीहरूका परमेश्वरलाई आराधना गर्नू, र तिमीहरूका अन्नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु;
याहवेह तिमीहरूका परमेश्वरलाई आराधना गर्नू, र तिमीहरूका अन्नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु;
मलाई निको पार्नुहोस्, हे याहवेह, र म निको हुनेछु;
मलाई बचाउनुहोस्, र म बाँच्नेछु;
किनकि तपाईं मात्र हुनुहुन्छ, जसको म प्रशंसा गर्दछु।
जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ;
र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ;
उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ,
र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
याहवेहले दृष्टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ;
र दबिएकाहरूलाई उठाउनुहुन्छ;
याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।
धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्;
याहवेहले तिनीहरूलाई सङ्कष्टको दिनमा बचाउनुहुन्छ।
याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ।
तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्।
उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्न।
याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ,
र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ।
प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।
Oração pelos doentes
A oração da fé salvará o enfermo. Confessai as ofensas uns aos outros e orai uns pelos outros para serdes curados.
के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई उसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाओस्। अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ।
के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई उसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाओस्। अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ।
यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
यी प्रशस्त प्रकाशहरूको कारण घमण्डले फुलिनबाट अलग राख्न र दुःख दिनलाई मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दिइएको थियो। यो मबाट हटोस् भनी मैले प्रभुसित तीनपल्ट बिन्ती गरेँ। तर उहाँले मलाई भन्नुभयो, "मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।" यसकारण ख्रीष्टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु। यसकारण ख्रीष्टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।
Esperança na aflição
Ele tomou sobre si as nossas enfermidades. Mesmo na doença, o coração alegre serve de bom remédio e Deus dá esperança.
निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;
अनि हाम्रा कष्टहरूलाई बोक्यो,
तर हामीले उसलाई परमेश्वरबाट हिर्काइएको,
उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।
निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो;
अनि हाम्रा कष्टहरूलाई बोक्यो,
तर हामीले उसलाई परमेश्वरबाट हिर्काइएको,
उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।
मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो,
दुःखित मानिस, जो कष्टसित परिचित थियो।
ऊ त्योजस्तो थियो, जसलाई देखेर
मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्;
ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।
प्रसन्न हृदय असल औषधी हो,
तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ।
मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ,
तर टुटेको आत्मालाई कसले सहन सक्छ र?
ढिलो भएको आशाले हृदय दुर्बल पार्छ,
तर पूरा भएको चाहना जीवनको रूख हो।
जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,
तब मेरो दिनभरिको विलौनाले गर्दा
मेरा हाडहरू मक्किए।
तिमीहरू जान्दछौ, कि पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ। यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न त बेवास्ता गर्यौ, न तिरस्कार नै गर्यौ; तर तिमीहरूले मलाई परमेश्वरको दूतलाई झैँ अथवा ख्रीष्ट येशूलाई झैँ स्वागत गर्यौ।
तिम्रो पेटका लागि र घरी-घरी भइरहने बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"