Espírito
O espírito humano é a parte mais profunda do nosso ser — onde Deus habita, onde a fé se ancora e de onde brota a verdadeira adoração. A Bíblia nos chama a viver pelo Espírito.
A natureza do espírito
O espírito está pronto, mas a carne é fraca. A batalha entre carne e espírito é constante e exige vigilância.
जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।"
"आत्मामा दीन हुनेहरू धन्य हुन्,
किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
किनकि पापमय स्वभावले परमेश्वरको आत्माको विरुद्ध चाहना गर्दछ; अनि परमेश्वरको आत्माले शारीरिक स्वभावको विरुद्धमा। तिनीहरू एक-अर्काको विरुद्धमा हुन्छन्, ताकि तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले गर्न नसक। यसैकारण तिमीहरूले जे गर्न चाहन्छौ, त्यो तिमीहरूले नगर।
यसकारण म भन्दछु, पवित्र आत्माको नियन्त्रणमा हिँड, र तिमीहरू शरीरको पापमय स्वभावको लालसामा नपर;
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
किनकि हामी पवित्र आत्माअनुसार जिउँछौँ भने पवित्र आत्माको नियन्त्रणअनुसार नै हिँडौँ।
किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
O Espírito de Deus em nós
Vosso corpo é templo do Espírito Santo. Deus fortalece com poder no homem interior pelo seu Espírito.
के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर।
तर जसले आफूलाई प्रभुसँग जोडेको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ।
किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्वरका विचारहरू परमेश्वरको आत्माले बाहेक कसैले जान्दैन।
यसकारण मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, र म आफ्नो समझले पनि प्रार्थना गर्नेछु; म मेरो आत्माले गीत गाउनेछु, तर म मेरो समझले पनि गीत गाउनेछु।
म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्; ताकि ख्रीष्ट तिमीहरूका हृदयमा विश्वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै
मैले यही बिन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा देऊन्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्न सक।
किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई "अब्बा, पिता" भनी पुकार्दछौँ। परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।
परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।
किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई "अब्बा, पिता" भनी पुकार्दछौँ।
तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ।
किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान पदमा पनि हुन्।
यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ।
कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो।
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
Vida no Espírito
Deus é Espírito e importa que os que o adoram o adorem em espírito e em verdade. O Espírito vivifica e transforma.
परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।"
तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।"
हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।
यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ।
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु।
प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।
Promessas do Espírito
Derramarei o meu Espírito sobre toda a carne. O Espírito revela, guia e capacita os filhos de Deus.
मेरो हप्काइ सुनेर पश्चात्ताप गर,
म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु;
मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।
हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ;
तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्।
विनाशको अगि अहङ्कार आउँछ,
र पतनको अगि घमण्डी आत्मा आउँछ।
अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा
आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो।
धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो,
आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो।
याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ,
जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।
यसकारण तिनले मलाई भने, "यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
प्रभु याहवेहको आत्मा ममाथि छ;
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
याहवेहले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न,
कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न,
र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न,
म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु। त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म तिमीहरूभित्र सास फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ।
Cuidar do espírito
Cria em mim um coração puro e renova dentro de mim um espírito reto. O espírito quebrantado Deus não rejeita.
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्,
र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!
तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्,
र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!
हे परमेश्वर, तोडिएको मन नै मेरो बलिदान हो;
हे परमेश्वर, तपाईंले चूर्ण र पश्चात्तापी
हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्न।
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
शासकहरूमाथि भरोसा नगर;
मानव-जातिमाथि, जसले बचाउन सक्दैन।
जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्;
त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।
किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्वास पनि कामविना मरेतुल्य हुन्छ।
प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्।
हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ।
यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!"
अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे। तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले।
आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य र 10 मा भनिएझैँ पृथ्वीमा जमिन र पानी छुट्याइएको थिएन। थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्वरको आत्मा घुमिरहनुहुन्थ्यो।
तर यो त मानिसमा हुनुहुने आत्माले;
सर्वशक्तिमान्को सासले पो तिनीहरूलाई समझशक्ति दिनुहुँदोरहेछ।
आफ्नो सृष्टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि,
र सुनको कचौरा फुट्नुअगि,
पँधेरामा गाग्रो फुट्नुअगि
र इनारमा चक्का भाँचिनुअगि,
धुलो माटैमा फर्केर जानुअगि,
र आत्मा परमेश्वरकहाँ फर्किजानेछ; जसले त्यो दिनुभयो।
सर्वोच्च परमेश्वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो।
उहाँका अलौकिक चिन्हहरू कति महान् छन्!
उहाँका अद्भुत कार्यहरू कति शक्तिशाली छन्!
उहाँको राज्य अनन्तको राज्य हो;
उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ।