Simplicidade do Evangelho
A simplicidade do evangelho é sua força. Deus escolheu as coisas loucas do mundo para confundir os sábios. O poder está na mensagem da cruz, não na eloquência humana.
तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारको दृष्टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका दृष्टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्नुभयो। परमेश्वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्नुभयो; ताकि संसारको दृष्टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्, ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्।
किनकि ख्रीष्टले मलाई बप्तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो;
यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।"