Falar
A Bíblia tem muito a ensinar sobre a arte de falar. As palavras têm poder de vida e de morte — podem edificar ou destruir, curar ou ferir, aproximar ou afastar.
O poder das palavras
A morte e a vida estão no poder da língua. A palavra branda desvia a ira, mas a palavra dura suscita o furor.
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ;
त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्।
नम्र जवाफले क्रोधलाई शान्त पार्छ;
तर कठोर वचनले रिस उठाउँछ।
निको पार्ने जिब्रो जीवनको रूख हो;
तर छली जिब्रोले आत्मालाई चोट पुर्याउँछ।
उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ;
र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!
सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्;
तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्।
Falar com sabedoria
No muito falar não falta transgressão. A boca do justo fala sabedoria, e quem guarda os lábios guarda a si mesmo.
जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ;
तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ,
तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्ट हुन्छ।
चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,
र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।
कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ;
तर विश्वासयोग्य मानिसले कुरा गोप्य राख्छ।
आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति,
र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे।
बुद्धिमान्का बोलीहरू अनुग्रही हुन्छन्,
तर मूर्खहरू चाहिँ आफ्नै ओठहरूद्वारा नाश हुन्छन्।
Falar a verdade
Cada palavra ociosa será pesada no dia do juízo. Fale a verdade, edifique com a boca e confesse Cristo com os lábios.
तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ।
"यदि तिम्रो सहविश्वासीले तिम्रो विरुद्धमा पाप गर्यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ।
अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्।
तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
यदि तिमीले, "येशू नै प्रभु हुनुहुन्छ," भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्वास गर्छौ भने तिम्रो उद्धार हुनेछ।
यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौँ, तर पवित्र आत्मा आफैँले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्बिन्ती गरिदिनुहुन्छ।
Edificar com palavras
Não saia da boca nenhuma palavra torpe. Sejam prontos para ouvir, tardios para falar, e tardios para a ira.
तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यक उन्नतिमा सहायता पुग्ने र सुन्नेहरूलाई अनुग्रह मिल्ने बोली मात्र बोल।
मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्;
हामी धेरै प्रकारले ठक्कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ।
दुष्टताको सट्टा दुष्टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिष्को हकदार हुनलाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ।
प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।
याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर;
जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर!
मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ;
दिनभरि नै म तपाईंको वैभवता घोषणा गर्दछु।