Fim do mundo
A Bíblia fala sobre o fim do mundo como evento certo e definitivo. Céus e terra passarão, mas as palavras de Jesus jamais passarão. A questão não é se, mas quando.
Os céus passarão
Os céus e a terra passarão, mas as palavras de Jesus permanecerão para sempre. O mundo presente é temporário.
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
"ती दिनहरूका सङ्कष्टपछि तुरुन्तै,
" ‘सूर्य अँध्यारो हुनेछ,
र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन;
आकाशबाट ताराहरू खस्नेछन्,
अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
"त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन। न स्वर्गका दूतहरूले, न पुत्रले; तर पिताले मात्र जान्नुहुन्छ।
"त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्नुहुन्छ।
O dia do Senhor
O dia do Senhor virá como ladrão. Os céus passarão com grande estrondo, e os elementos se dissolverão no fogo.
तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।
त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्।
यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ। जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्।
अब दाजुभाइ-दिदीबहिनीहरू हो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन। किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ। जब मानिसहरूले "शान्ति र सुरक्षा" भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।
तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्। तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ।
तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्। तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ। यसकारण हामी अरूजस्ता नहौँ, जो सुतेका छन्, तर सचेत र आत्मसंयमी बनौँ। किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्। तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ। किनकि परमेश्वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई नियुक्त गर्नुभएको हो।
Destruição e renovação
O Dia do Senhor trará juízo sobre os ímpios, mas também novos céus e nova terra onde habita a justiça.
याहवेहको महान् दिन नजिकै छ—
त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ।
याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ;
त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।
त्यो दिन क्रोधको दिन हुनेछ—
सङ्कष्ट र वेदनाको दिन,
कष्ट र सर्वनाशको दिन,
अन्धकार र निराशाको दिन,
बादल र घोर अन्धकारको दिन।
सुरक्षित किल्ला भएका सहरहरूका विरुद्धमा
र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा
तुरही र लडाइँको आवाज सुनिने दिन।
"म सबै मानिसहरूमाथि यस्तो सङ्कष्ट ल्याउनेछु,
कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्;
किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्।
तिनीहरूको रगत धुलोझैँ
र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।
तिनीहरूलाई याहवेहको क्रोधको दिनमा,
न त तिनीहरूका सुनले,
न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।"
उहाँको डाहको आगोमा
सारा संसार भस्म पारिनेछ;
किनकि यस पृथ्वीमा बसोबास गर्ने
सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।
हेर, याहवेहको दिन देशलाई उजाड पार्न
र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न,
रिस र भयानक क्रोधको साथ
निष्ठुर दिन आइरहेछ।
थुमाले छैटौँ छाप खोल्नुभएको मैले हेरेँ। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैँ कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो; अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्लाइँदा झरेझैँ पृथ्वीमा झरे।
त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए।
"सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्ट र व्याकुलमा पर्नेछन्। संसारमा के आइपर्नेछ भन्ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।
तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।"
तब मैले "एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;" किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन। अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्वरबाट तल झरिरहेको देखेँ। तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, "हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।"
सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, "म सबै थोक नयाँ बनाउँछु!" तब उहाँले भन्नुभयो, "यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।"