Ganância
A ganância é raiz de todos os males. A Bíblia alerta contra a cobiça, o acúmulo egoísta e o amor ao dinheiro, chamando-nos ao contentamento e à confiança em Deus.
O amor ao dinheiro
O amor ao dinheiro é raiz de todos os males. Quem quer enriquecer cai em tentação, armadilha e desejos insensatos.
किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्।
जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्; अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
"कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।
यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्।
Contentamento
Tende cuidado e guardai-vos de toda espécie de ganância. A vida de um homem não consiste na abundância dos bens que possui.
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, "होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।"
कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ?
"आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ। तर आफ्ना निम्ति धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ किरा र खियाले नष्ट पार्दैन; अनि चोरले फोरेर चोर्दैन।
धनी बन्न आफूलाई धेरै नघोट;
उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।
बेइमानीसित कमाएको पैसा सकिन्छ;
तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ।
Riqueza ilusória
As riquezas são passageiras. Quem ama o dinheiro nunca terá o suficiente. O contentamento com o que se tem é verdadeira riqueza.
जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन।
जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्ट हुँदैन;
यो पनि अर्थहीन छ।
आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ,
र जस्तो आयो, त्यस्तै फर्किजान्छ।
आफ्नो परिश्रमको कमाइबाट
केही पनि हातमा लिएर जान सक्दैन।
दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ,
तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।
यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्।
मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्!
स्वार्थी लाभतर्फ होइन।