Gratidão a Deus
A gratidão a Deus é atitude que transforma a vida. Reconhecer que toda boa dádiva vem de Deus nos leva a louvar, servir e viver com alegria e propósito.
Tudo vem de Deus
Toda boa dádiva vem do alto. Agradecer a Deus é reconhecer que Ele é a fonte de toda bênção e sustento.
किनकि परमेश्वरले सृष्टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन।
किनकि परमेश्वरले सृष्टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन। किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ।
म हाम्रा प्रभु ख्रीष्ट येशूलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्वासयोग्य ठान्नुभयो र उहाँको सेवामा नियुक्त गर्नुभयो।
यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्।
ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागीको योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ।
उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्वासमा दह्रिलो हुँदै र धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ।
तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ।
Louvor e gratidão
Louvai ao Senhor e dai-lhe graças! Ele fez maravilhas e é digno de todo louvor e agradecimento.
उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु
र सर्वोच्च याहवेहको नामको स्तुति गाउनेछु।
"परमेश्वरको निम्ति धन्यवादको बलि चढा,
र सर्वोच्च परमेश्वरलाई गरेको तेरो भाकल पूरा गर्।
गीत गाएर म परमेश्वरको नामको प्रशंसा गर्नेछु,
र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु।
तर तपाईंलाई खोज्नेहरू सबै,
तपाईंमा रमाऊन् र आनन्दित होऊन्;
तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्,
"परमेश्वर महान् हुनुहुन्छ!"
हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,
हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ;
मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
तब हामी, तपाईंका मानिसहरू, तपाईंको खर्कका भेडाहरूले,
सदासर्वदा तपाईंको प्रशंसा गर्नेछौँ;
पुस्तौँ-पुस्तासम्म
हामी तपाईंको प्रशंसाको घोषणा गर्नेछौँ।
धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस;
र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर;
उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!
तपाईंले मेरो विलापलाई उल्लासमय नाचमा परिवर्तन गर्नुभयो;
तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो
र आनन्दको वस्त्र पहिर्याइदिनुभयो,
ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्।
हे याहवेह, मेरा परमेश्वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु।
याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर;
जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
Expressões de gratidão
Dar graças com oração e súplica. A gratidão se expressa em palavras, atos e atitudes que glorificam a Deus.
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गरिऊन्।
हाम्रा प्रभु येशू ख्रीष्टको नाममा परमेश्वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ।
अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर्नू; यो ठिक छैन, बरु परमेश्वरलाई नै धन्यवाद चढाइयोस्।
हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्वरलाई चढाउन धन्यवाद उत्पन्न गराउनेछ।
यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, यसैले कि प्रशस्त अनुग्रहले धेरैभन्दा धेरै मानिसहरूमा परमेश्वरको महिमाको लागि धन्यवादको वृद्धि हुँदै जाओस्।
हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।
यसो भने:
"हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,
जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो;
किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ,
र राज्य गर्न थाल्नुभएको छ।
तर म धन्यवादको स्तुतिसहित
तपाईंलाई बलिदान चढाउनेछु।
मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु।
म भन्नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ "