Homem
A Bíblia fala sobre o homem como criação de Deus — feito à sua imagem e semelhança, mas também frágil, mortal e necessitado de redenção.
Criado à imagem de Deus
Deus criou o homem à sua imagem. Mas pelo pecado, o homem caiu e passou a depender da graça para ser restaurado.
तब परमेश्वरले आज्ञा गर्नुभयो, "हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु, र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।"
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो;
पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
जब याहवेह परमेश्वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके।
आदमद्वारा मृत्यु, येशू ख्रीष्टद्वारा जीवन
यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्।
यसकारण यसरी लेखिएको छ: "पहिलो मानिस आदम जीवित प्राणी भयो"; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो। पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो। पहिलो मानिस पृथ्वीको धुलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ। माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै हुन्छन्; स्वर्गीय मानिसजस्ता हुन्छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्। जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौँ, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौँ।
Fragilidade humana
O homem nascido de mulher é de poucos dias e cheio de inquietação. Deus conhece nossa fragilidade e cuida de nós.
"स्त्रीको कोखबाट जन्मेको मरणशील मानिसको
आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ।
‘के मरणशील मानिस परमेश्वरभन्दा धर्मी हुन सक्छ?
के कुनै बलियो मानिस पनि उसको सृष्टिकर्ताभन्दा पवित्र हुन सक्छ?
"मानिस जाति के हो र तपाईं त्यसको निम्ति यति धेरै महत्त्व राख्नुहुन्छ,
र तपाईं त्यसलाई यति धेरै चासो गर्नुहुन्छ;
तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्ने साक्षी दिएका छन्:
"मानिस जाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?
अथवा मानिसको पुत्र के हो, र तपाईंले उसको फिक्री गर्नुहुन्छ?
मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्;
यसकारण कसले आफ्नै मार्ग जान्न सक्छ र?
Renovação e chamado
Despojados do velho homem e revestidos do novo, somos chamados a buscar a justiça, a piedade e o amor.
तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ; आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ; अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनलाई सृष्टि गरिएको छ।
उहाँले आफ्नै शरीरमा व्यवस्थाका आज्ञा र विधिहरू खारेज गर्नुभयो। उहाँ आफैँमा यी दुई समूहबाट एउटा नयाँ मानिस सृष्टि गर्ने र यसरी नै शान्ति स्थापित गर्ने उहाँको उद्देश्य थियो।
तिमोथीलाई पावलको आदेश
तर हे परमेश्वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग।
जब म बालक थिएँ, तब म बालकले जस्तो बोल्थेँ, बालकले जस्तो सोच्थेँ, र बालकले जस्तै तर्क गर्थेँ। तर जब म जवान भएँ, तब मैले बालकका जस्ता व्यवहार छोडिदिएँ।
किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्;
र उहाँले त्यसका सबै मार्गहरूको जाँच गर्नुहुन्छ।
हृदयका योजनाहरू मानिसका हुन्;
तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ।
A confiança errada
Maldito o homem que confia no homem. O homem de duplo ânimo é instável em todos os seus caminhos.
याहवेह यसो भन्नुहुन्छ:
"श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्छ,
जो आफ्नो शारीरिक शक्तिमा भर पर्छ;
अनि जसको हृदय याहवेहबाट तर्किएर जान्छ।
त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ।
विधवाहरू, प्रधानहरू र सेवकहरूबारे सल्लाह
वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैँ ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइहरूलाईझैँ व्यवहार गर।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.