Honestidade
A honestidade é virtude cristã fundamental. Deus é Deus de verdade e nos chama a viver com integridade, transparência e retidão em todos os nossos relacionamentos e negócios.
Integridade diante de Deus
O Senhor abomina a balança falsa, mas o peso justo é seu prazer. A integridade dos justos os guia pelos caminhos retos.
छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ,
तर ठिक ढकदेखि उहाँ प्रसन्न हुनुहुन्छ।
धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ;
तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ;
तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो,
हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।
ठिक र न्यायोचित काम गर्नुचाहिँ
याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।
तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्,
तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्।
बरु हामीले गुप्त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ। हामी छल गर्दैनौँ, न त परमेश्वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। तर हामी परमेश्वरको दृष्टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ।
किनकि परमेश्वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्न हामीले कष्ट उठाइरहेका छौँ।
Praticar a honestidade
Falai a verdade, pagai o que deveis, não negueis ao próximo o bem. A honestidade prática é testemunho do evangelho.
एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ।
तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल; राजस्व दिनुपर्दछ भने देओ; यदि डर मान्नुपर्ने हो भने डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत देओ।
यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ। किनकि अधिकारीहरू परमेश्वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्।
कसैसँग दुष्टताको बदला दुष्टता नगर। सबैका दृष्टिमा जे असल छ, त्यही गर्न ध्यान देओ।
जसलाई भलाइ गर्नुपर्ने हो,
तिम्रो बल होउन्जेल त्यसलाई नरोक।
बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा,
धार्मिकताको साथमा थोरै भएको असल हुन्छ।
अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन,
तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
Confissão e transparência
Confessai as vossas ofensas uns aos outros. Quem confessa e deixa o pecado encontra misericórdia e restauração.
आफ्ना पापहरू लुकाउनेले उन्नति गर्दैन;
तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको "हो" चाहिँ "हो" अनि "होइन" चाहिँ "होइन" होस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ।
तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ।
यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ।
प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।
Coração puro
Bem-aventurados os puros de coração, porque verão a Deus. A honestidade começa no interior e se manifesta nas ações.
शुद्ध हृदय हुनेहरू धन्य हुन्,
किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
याहवेहको सामु मौन भई बस,
र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर;
जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्,
तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।
उदार चित्तले ऋण दिनेहरू,
र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
"कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ।
दुष्ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ;
तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ।
साँचो साक्षीले सत्य बोल्छ,
तर झूटो साक्षीले झूटो कुरा बोल्छ।
भ्रष्ट मानिसले विवाद उत्पन्न गराउँछ,
र कुराउटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।