Honrar os pais
Honrar pai e mãe é mandamento de Deus com promessa de vida longa e feliz. A Bíblia ensina que respeitar, obedecer e cuidar dos pais é dever sagrado dos filhos.
O mandamento com promessa
Honra a teu pai e a tua mãe para que vá bem contigo e vivas muito tempo sobre a terra. É o primeiro mandamento com promessa.
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।
तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।
"आफ्ना बुबा र आमाको आदर गर।" यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, "ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।"
हे छोराछोरीहरू हो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर; किनकि यो उचित छ। "आफ्ना बुबा र आमाको आदर गर।" यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, "ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।"
हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
Obedecer e respeitar
Filhos, obedecei a vossos pais no Senhor. Ouvir a instrução do pai e não desprezar o ensino da mãe traz sabedoria.
पापी मानिसका निमन्त्रणा विरुद्ध चेतावनी
हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन
र आफ्नी आमाको शिक्षालाई नत्याग।
पापी मानिसका निमन्त्रणा विरुद्ध चेतावनी
हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन
र आफ्नी आमाको शिक्षालाई नत्याग।
ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट
र तिम्रा गलामा सम्मानको हार हुन्।
कुनै पनि मूल्यमा बुद्धि प्राप्त गर्नु
हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन,
यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर।
बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ;
तर गिल्ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।
भनाइ 17
तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन,
र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।
येशूले जवाफ दिनुभयो, "तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्छौ? किनकि परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
येशूले जवाफ दिनुभयो, "तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्छौ? किनकि परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’ तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्वरलाई चढाइसकिएको छ’ भन्यो भने, त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ।
Consequências da desonra
A Bíblia adverte severamente contra a desonra aos pais. Quem amaldiçoa ou agride os pais enfrenta consequências sérias.
आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई
बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्।
यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने,
त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ।
"त्यो आँखा, जसले बुबालाई खिसी गर्छ,
र आमाको आज्ञालाई तुच्छ ठान्छ,
त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्,
र गिद्धहरूले खानेछन्।
"जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ।
तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्। मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्ने, बैगुनी, अपवित्र, प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने,
Cuidar dos pais
Quem não cuida dos seus, principalmente de sua família, negou a fé. Honrar os pais inclui respeitar os idosos.
तर यदि कुनै विधवाका छोराछोरी वा नातिनातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्ना परिवारप्रति धार्मिक कर्तव्य पालन गर्न सिकून्; अनि आफ्ना आमाबुबा र बाजे-बज्यैप्रति उपकारको ऋण चुकाऊन्। किनकि यो परमेश्वरको दृष्टिमा मनपर्दो छ।
यदि कसैले आफन्तहरूको, खासगरी आफ्नै परिवारको खाँचो पूरा गर्दैन भने त्यसले विश्वासलाई इन्कार गरेको छ, र त्यो विश्वास नगर्नेभन्दा पनि खराब हुन्छ।
" ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथ दिनहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
" ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्वरको भय मान्नू। म नै याहवेह हुँ।