Jesus te ama
Jesus te ama — esta é a mensagem mais poderosa do universo. O amor de Cristo excede todo entendimento e nos alcança onde quer que estejamos, como somos.
O amor de Jesus
Ninguém tem maior amor do que aquele que dá a vida pelos amigos. Jesus demonstrou o amor supremo na cruz do Calvário.
आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु।
"पिताले मलाई प्रेम गर्नुभएझैँ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो।
येशूले जवाफ दिनुभयो, "जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू पालन गर्नेछ। मेरा पिताले त्यसलाई पनि प्रेम गर्नुहुनेछ। अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ।
"म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ।
Amados por Ele
Deus prova seu amor em que Cristo morreu por nós quando ainda éramos pecadores. O amor de Jesus é incondicional e eterno.
तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
अनि प्रेमको मार्गमा हिँड, जसरी ख्रीष्टले हामीहरूलाई प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो।
म यो प्रार्थना गर्छु, उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्तिद्वारा बलवान् बनाऊन्; ताकि ख्रीष्ट तिमीहरूका हृदयमा विश्वासद्वारा बास गरिरहून्। अनि म यो पनि प्रार्थना गर्छु, तिमीहरू प्रेममा जरा गाडेका र स्थापित हुँदै प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक; अनि सबै समझभन्दा बाहिरको ख्रीष्टको प्रेम जान्न सक, ताकि परमेश्वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।
हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
ख्रीष्ट येशूमा भएका विश्वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो।