Juízo
O juízo de Deus é manifestação de sua justiça e soberania. Ele julga o mundo, julga as nações e julga cada coração com perfeita equidade e misericórdia.
O juízo de Deus
Deus é juiz justo que prova os corações. Seu juízo é verdadeiro e alcança toda obra, secreta ou pública.
किनकि परमेश्वरले हामीले गरेका हरेक कामको न्याय गर्नुहुनेछ,
प्रत्येक गुप्त कुरासमेत,
चाहे त्यो असल होस् वा खराब।
किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ। यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ, ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन।
"म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ। म तिमीहरूलाई साँच्चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्। किनकि जसरी पिता आफैँमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैँमा जीवन हुने अधिकार दिनुभएको छ। अनि उहाँले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ; किनकि ऊ मानिसको पुत्र हो।
"यस कुरामा आश्चर्य नमान। किनकि समय आइरहेको छ। जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्, तब बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई पुनरुत्थान हुनेछन्। म आफैँ त केही गर्न सक्दिनँ," मैले जस्तो सुन्दछु, त्यसैअनुसार न्याय गर्दछु। अनि मेरो न्याय उचित छ; किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
"यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन।
तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ। पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्वास गर्दैनन्।
येशूले भन्नुभयो, "यो आवाजचाहिँ तिमीहरूका फाइदाको निम्ति थियो, मेरो निम्ति थिएन। अब संसारको न्यायको समय आइपुगेको छ। अब यस संसारको शासक बाहिर फालिनेछ। यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।"
तब त्यस मानिसले भन्यो, "प्रभु, म विश्वास गर्दछु," अनि त्यसले उहाँलाई दण्डवत् गर्यो।
येशूले भन्नुभयो, "म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्टिविहीन होऊन्।"
Prestando contas
Cada um prestará contas de si mesmo a Deus. O juízo começa pela casa de Deus e depois alcança os que não obedecem ao evangelho.
विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर। कसैले हरेक थोक खान हुन्छ भनी विश्वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्। सबै चीज खाने व्यक्तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्तिले पनि सबै खानेलाई दोष नलाओस्। किनकि तिनीहरूलाई परमेश्वरले ग्रहण गर्नुभएको छ। अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्; किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।
यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ। म जान्दछु, र प्रभु येशूमा निश्चित छु, कि कुनै पनि भोजन आफैँमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ।
किनकि परमेश्वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ, र यदि यो हामीबाटै सुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचार नमान्नेहरूको नतिजा कस्तो होला?
यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर, प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट प्रशंसा पाउनेछन्।
किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
"तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ? जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ?
Justiça e redenção
O juízo de Deus é também redenção. Ele livrou Israel do Egito com juízos e salva os arrependidos pela cruz de Cristo.
"यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु।
"त्यही रात म इजिप्टबाट भएर जानेछु अनि मानिसहरू र पशुहरूका प्रत्येक जेठोमाथि प्रहार गर्नेछु, र इजिप्टका सबै देवी-देवताहरूमाथि न्याय ल्याउनेछु; म नै याहवेह हुँ।
मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु,
अनि तपाईंको दृष्टिमा जे खराबी छ, मैले त्यही गरेको छु;
यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ,
र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।
तपाईंकै न्यायको कारण हे याहवेह,
सियोनले सुन्छ र आनन्दित हुन्छ;
र यहूदाका गाउँहरू हर्षित हुन्छन्।
तिनीहरूले ठूलो बन्चरो
र घनले बुट्टादार काठहरूलाई चकनाचुर पारे।
तपाईंका पवित्रस्थानलाई तिनीहरूले आगो लगाए;
तपाईंका नामको वासस्थान तिनीहरूले अपवित्र पारे।
यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ:
"हल्लेलूयाह!
मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्;
किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्।
आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पार्ने
त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ।
अनि परमेश्वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।"
अनि तिनीहरू फेरि चिच्याए:
"हल्लेलूयाह!
त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।"