Lei
A lei de Deus é expressão do seu caráter e amor. Do Sinai ao Sermão do Monte, a lei orienta, protege e revela o padrão santo de Deus para a vida humana.
O propósito da lei
A lei de Deus revela o pecado e nos conduz a Cristo. Pela lei é que temos consciência do que é justo e do que é errado.
यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ।
धार्मिकताको सेवक
अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गरौँ त? आवश्य पनि होइन!
विश्वासीहरूको स्वतन्त्रता
सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्नति गराउँदैनन्।
किनकि सम्पूर्ण व्यवस्था यही एउटै आज्ञामा पूरा भएको छ: "तिमीले आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।"
तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वासयोग्यता, नम्रता र आत्मसंयम हुन्। यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।
एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर।
Amar e obedecer
O maior mandamento é amar a Deus e ao próximo. Toda a lei se resume nestes dois mandamentos, que são o fundamento de tudo.
दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।"
मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु।
यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो।
प्रेमले व्यवस्था पूरा गर्दछ
पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ।
अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।
प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामु हामीलाई साहस हुन्छ; अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्न तुल्याउँछ, त्यही गर्दछौँ।
Bênçãos da obediência à lei
Se andardes nos meus mandamentos, vivereis. A obediência à lei de Deus traz vida, paz e prosperidade espiritual.
आज्ञापालनका आशिष्हरू
यदि याहवेह तिमीहरूका परमेश्वरप्रति तिमीहरू पूर्ण आज्ञाकारी भयौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूलाई होसियारीसाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूभन्दा महान् तुल्याउनुहुनेछ।
किनकि आज म तिमीहरूलाई आज्ञा दिन्छु, तिमीहरूले याहवेह आफ्ना परमेश्वरलाई प्रेम गर्नू, उहाँका मार्गहरूमा हिँड्नू र उहाँका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नू; तब तिमीहरू जीवित रहनेछौ र संख्यामा बढ्नेछौ। अनि तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशमा याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
याहवेहप्रति श्रद्धा
यसकारण हे इस्राएलीहरू हो, याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट यति नै चाहनुहुन्छ, कि याहवेह तिमीहरूका परमेश्वरप्रति श्रद्धा राख्नु, उहाँका मार्गहरूमा आज्ञाकारी भई हिँड्नु, उहाँलाई प्रेम गर्नु, आफ्ना सारा हृदयले र सारा प्राणले याहवेह आफ्ना परमेश्वरको सेवा गर्नु, र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु।
आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख। यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।"
मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;
तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
मैले विश्वासयोग्यताको मार्ग छानेको छु;
मैले मेरो हृदय तपाईंका नियमहरूमा लगाएको छु।
तर याहवेहको अचुक प्रेम,
उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ
र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ—
तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्,
र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।
Lei e graça
A lei veio para nos guiar; a graça veio para nos salvar. Em Cristo, cumprimos a lei pelo amor — o fruto do Espírito não tem lei contra si.
हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ।
अनि याहवेहले तँबाट के चाहनुहुन्छ?
केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू;
अनि नम्र भएर आफ्ना परमेश्वरसित हिँड्नू।
तर न्याय एउटा नदीझैँ बगोस्,
र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!
विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ
ख्रीष्टमा विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र?