Livramento
Deus é o grande Libertador. Através da Bíblia, vemos Deus livrando seu povo de inimigos, de perigos e da morte. Quem clama ao Senhor, Ele ouve e liberta.
Deus ouve e livra
Clamaram ao Senhor na sua tribulação, e Ele os livrou das suas angústias. O Senhor é refúgio e a salvação dos que nele confiam.
धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्नुहुन्छ;
तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु;
उसका दुःखको घडीमा म उसँग रहनेछु;
म उसलाई छुटकारा दिनेछु र आदर गर्नेछु।
म याहवेहको बारेमा भन्नेछु, "उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,
मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।"
निश्चय नै उहाँले तिमीलाई
शिकारीको पासोबाट
र घातक रूढीबाट बचाउनुहुनेछ।
हाम्रा परमेश्वर हामीलाई बचाउने परमेश्वर हुनुहुन्छ;
याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ।
किनकि तपाईंले मलाई मृत्युबाट बचाउनुभएको छ;
र मेरा पाउलाई ठेस लाग्नदेखि बचाइदिनुभएको छ,
ताकि म परमेश्वरको सामु
जीवनको ज्योतिमा हिँड्न सकूँ।
दुर्बल र गरिबहरूलाई छुटाओ;
दुष्टहरूका हातबाट तिनीहरूलाई मुक्त गर!
हे याहवेह, मलाई बचाउन प्रसन्न हुनुहोस्;
हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!
यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ,
सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्;
निश्चय नै उर्लेको डरलाग्दो भेलले
तिनीहरूलाई छुनेछैन।
Livramento poderoso
Deus livrou Daniel dos leões, os jovens hebreus do fogo e Israel do Egito. Seu braço não é curto para salvar.
यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ। तर यदि उहाँले छुटाउनुभएन भने तापनि हे महाराजा, हामी हजुरलाई यो कुरा थाहा होस् भन्ने चाहन्छौँ, कि हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौँ, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्नेछौँ।"
उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो,
मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए।
तर इस्राएली सेनाहरू जौको खेतको बीचमा खडा भए। तिनीहरूले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले सेनाहरूलाई ठूलो विजय दिनुभयो।
यदि तिमीहरूले यसो गर्यौ, र तिनीहरूले मेरो पुकार गरे भने म निश्चय तिनीहरूका पुकार सुन्नेछु।
हो, प्राचीनकालदेखि म उही हुँ।
मेरो हातबाट कसैले छुटाउन सक्दैन।
जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?"
Redenção e restauração
Todo aquele que invocar o nome do Senhor será salvo. Deus livra do pecado, da morte e de todo mal aqueles que se humilham diante dele.
किनकि "प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।"
अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्त गर्नुहोस्।’
अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ।
यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु।
मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्। तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु।
पवित्र आत्माबारे प्रतिज्ञा
"तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू मान्नेछौ। म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ।
हामी जान्दछौँ, परमेश्वरले पापीहरूका कुरा सुन्नुहुन्न, तर उहाँले परमेश्वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्नुहुन्छ।
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ।
तब त्यसले परमेश्वरसँग प्रार्थना गर्न सक्छ, र उहाँको कृपादृष्टि पाउन सक्छ;
तिनीहरूले परमेश्वरको मुहार देख्नेछन्, र आनन्दले जयजयकार गर्नेछन्;
उहाँले तिनीहरूलाई पूर्ण स्वास्थ्यमा पुनर्स्थापित गर्नुहुनेछ।
Este artigo te tocou? Faça uma oração!
+581 estão orando agora.
Junte-se à corrente de oração.