Marido e mulher
O casamento é aliança sagrada entre marido e mulher, instituída por Deus desde o Éden. A Bíblia define papéis complementares fundados em amor, respeito e fidelidade mútua.
Instituição divina
Deus criou homem e mulher e os uniu em uma só carne. O casamento é projeto divino que reflete o amor de Cristo pela Igreja.
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो;
पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
याहवेह परमेश्वरले भन्नुभयो, "मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।"
यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।
उहाँले उत्तर दिनुभयो, "के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’ अनि भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’? यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।"
के परमेश्वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्वरले के खोज्नुहुन्छ र? ईश्वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्वासघात नगर।
Papéis no casamento
O marido ama e a mulher respeita. Ambos se submetem voluntariamente a Deus e um ao outro, em parceria e unidade.
हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो; कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्, र प्रतापी मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु प्रस्तुत गराऊन्, जसमा कुनै दाग वा चाउरी वा यस्तै अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्। यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैँलाई प्रेम गर्दछ। कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्टले मण्डलीलाई गर्नुहुन्छ।
हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस। किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; जसको निम्ति उहाँ मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूका अधीनमा रहून्।
हरेकले आफ्नी पत्नीलाई आफैँलाई झैँ प्रेम गरोस्, र पत्नीले आफ्ना पतिको आदर गरोस्।
ख्रीष्ट-विश्वासी परिवारको लागि निर्देशनहरू
हे पत्नीहरू हो, प्रभुको दृष्टिमा सुहाउँदो गरी तिमीहरू आ-आफ्ना पतिहरूका अधीनमा बस।
हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, र तिनीहरूप्रति कठोर नबन।
हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै, तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्।
त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्।
Fidelidade e união
O casamento é honroso e deve ser preservado com fidelidade. O cordão de três dobras não se rompe facilmente.
एक जनाभन्दा दुई जना असल हुन्,
किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
यदि कुनै एउटा लड्यो भने,
अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ;
तर लड्दा उठाउने कोही नहुँदा
कस्तो दुःखको कुरा हुन्छ!
फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ;
तर एकलो त कसरी न्यानो हुन सक्छ र?
एकलो मानिसलाई कसैले जित्ला;
तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्।
अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ। असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ?
तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्;
र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।
पत्नी पाउनेले असल कुरा पाउँछ,
र त्यसले याहवेहबाट निगाह प्राप्त गर्छ।
घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्,
तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो,
तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
तिम्रो मुहान धन्यको होस्;
र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!
मायालु मृग, राम्री हरिणीजस्तै,
त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्ट राखून्,
तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।
Permanecer juntos
O que Deus uniu, o homem não separe. A Bíblia protege o casamento e orienta sobre convivência, perdão e perseverança conjugal.
वैवाहिक जीवन सम्बन्धी
अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: "पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।" तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्। पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ। पति-पत्नीले आफ्नो यौन सम्बन्धमा एक-अर्कालाई इन्कार नगर। तर पारस्परिक सहमतिअनुसार र केही समय प्रार्थनाको लागि बाहेक अलग नहोओ; ताकि तिमीहरू प्रार्थनाको लागि समर्पित हुन सक। त्यसपछि फेरि तिमीहरू एकसाथ होओ; ताकि तिमीहरूका आत्मसंयमको अभावको कारण शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।
विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्। तर यदि अलग बस्न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
तर यदि अविश्वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ। हे पत्नी, तिमीलाई के थाहा, सायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
किनकि एउटी विवाहित स्त्री आफ्ना पति जीवित रहुन्जेल मात्र व्यवस्थाद्वारा पतिसँग बाँधिएकी हुन्छे; तर उसको पतिको मृत्युपछि ऊ त्यो विवाह बन्धनको व्यवस्थाबाट स्वतन्त्र हुन्छे।
यदि कुनै मानिसले भर्खरै विवाह गरेको छ भने त्यसलाई युद्धमा नपठाइयोस्, र त्यसलाई अरू कुनै जिम्मेवारी नदिइयोस्। किनकि एक वर्षसम्म घरमा बस्न र आफूले विवाह गरेकी पत्नीलाई खुशी पार्नलाई त्यो स्वतन्त्र हुनुपर्छ।