Mediador
Jesus é o único mediador entre Deus e os homens. Ele é o caminho, a verdade e a vida — ninguém vem ao Pai senão por Ele. Sua intercessão é eterna e perfeita.
O único mediador
Há um só Deus e um só mediador entre Deus e os homens — Cristo Jesus. Ele intercede por nós diante do Pai com autoridade eterna.
किनकि परमेश्वर एउटै हुनुहुन्छ; अनि परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानव ख्रीष्ट येशू,
येशूले भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्च दर्जाको छ।
यसकारण ख्रीष्ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।
Intercessão e proteção
Jesus rogou ao Pai que nos guarde do mal. O Espírito intercede por nós com gemidos inexprimíveis, e nada nos separa do amor de Cristo.
संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु।
परमेश्वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ; उहाँले आत्माका विचार जान्नुहुन्छ; किनभने पवित्र आत्माले परमेश्वरका सन्तहरूका निम्ति परमेश्वरको इच्छाअनुसार बिन्ती गरिदिनुहुन्छ।
किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
हामी ख्रीष्टमा परमेश्वरको धार्मिकता बन्न पाऔँ भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।