Meditação
A meditação na Palavra de Deus é prática espiritual essencial. Diferente da meditação oriental, a meditação bíblica é reflexão profunda sobre as Escrituras — ruminar a Palavra dia e noite.
Meditar na Palavra dia e noite
Bem-aventurado o homem que medita na lei do Senhor de dia e de noite. Ele é como árvore plantada junto a ribeiros de águas.
धन्य हुन् तिनीहरू,
जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्,
जो पापीहरूको मार्गमा खडा हुँदैनन्,
जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।
तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्न रहन्छन्,
र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।
व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु!
दिनभरि म त्यसमा नै ध्यान गर्दछु।
तपाईंका आज्ञाहरू सधैँ मसँग छन्,
र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्।
मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्टि ज्यादा छ;
किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु।
सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ;
किनकि म तपाईंका विधिहरू पालन गर्दछु।
म तपाईंका विधिहरूमा मनन गर्छु,
र तपाईंका मार्गहरूमा ध्यान दिन्छु।
म तपाईंका उर्दीहरूमा रमाउनेछु;
म तपाईंको वचन बिर्सनेछैनँ।
ג गिमेल
किनकि म तपाईंका आज्ञाहरूमा रमाउँछु;
किनकि म तिनलाई प्रेम गर्दछु।
मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतर्फ मेरा आफ्ना हातहरू उचाल्छु;
ताकि म तपाईंका उर्दीहरूमाथि मनन गर्न सकूँ।
ז जाइन्
म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु;
मैले तपाईंको वचनमाथि आशा राखेको छु।
तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर
मेरा आँखाहरू रातका पहरहरूमा खुल्ला रहन्छन्।
Frutos da meditação
A meditação produz entendimento, alegria e adoração. Quem medita na Palavra encontra direção, paz e renovação espiritual.
हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक!
मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान
तपाईंका दृष्टिमा ग्रहणयोग्य हुन सकून्।
मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ;
मेरो हृदयका चिन्तनले समझशक्ति प्रदान गर्नेछ।
म याहवेहका हातका कामहरू स्मरण गर्नेछु;
हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु।
म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु
र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।
म अतीतका ती दिनहरू सम्झना गर्दछु;
तपाईंका सबै कार्यहरूमा ध्यान गर्दछु,
र तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।
हे परमेश्वर, तपाईंको मन्दिरभित्र,
हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ।
म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु;
म बाँचुन्जेल परमेश्वरको प्रशंसा गाउनेछु।
जब म याहवेहमा आनन्दित हुन्छु;
मेरो ध्यान उहाँलाई मनपर्दो होस्।