Mente
A mente é campo de batalha espiritual. A Bíblia nos chama a renovar o entendimento, pensar com sabedoria e buscar a mente de Cristo em todas as áreas da vida.
Amar a Deus com a mente
O maior mandamento inclui amar a Deus com toda a mente. A vida intelectual deve ser consagrada ao Senhor.
येशूले जवाफ दिनुभयो: " ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’
तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन।
यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो होओ। सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्।
ख्रीष्टको शरीरको एकतामा सेवा
किनकि परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा म प्रत्येकलाई भन्दछु, आफूलाई ठूलो नठान, तर परमेश्वरले तिमीहरू प्रत्येकलाई दिनुभएको विश्वासअनुसार नै आफूलाई शान्त भएर जाँच।
Sabedoria e discernimento
A sabedoria é melhor que rubis. Quem a encontra, encontra a vida. A mente sábia discerne, planeja e previne erros.
त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्त गर्छ,
र जसले समझशक्ति प्राप्त गर्छ,
बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ;
समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
फलामले फलामलाई धारिलो बनाएजस्तै,
एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।
मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ;
तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।
चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ,
र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ।
विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ;
तर सोझाचाहिँ त्यतैतिर जान्छ र परिणाम भोग्छ।
Construir sobre a rocha
Quem ouve as palavras de Jesus e as pratica é como o sábio que edificou sobre a rocha firme e inabalável.
बुद्धिमान् र निर्बुद्धि निर्माता
"यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो।
दुई किसिमका बुद्धि
तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्।
किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेँ।
किनकि परमेश्वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने भन्ने कुनै किसिमको बहाना छैन।
किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ;
र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ।