Mentira
A mentira é condenada pela Bíblia como pecado grave. Deus é verdade, e quem mente se alinha com o pai da mentira. O cristão é chamado a falar a verdade em amor.
Deus odeia a mentira
Os lábios mentirosos são abominação para o Senhor. A Bíblia adverte que todo mentiroso terá parte no lago de fogo.
याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ;
तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ।
तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।"
यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ,
सात वटा कुराहरू उहाँमा तुच्छ छन्:
अहङ्कारी आँखा,
झूटो बोल्ने जिब्रो,
निर्दोषको रगत बगाउने हात,
दुष्ट युक्ति रच्ने हृदय,
खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू,
असत्य थुपार्ने झूटो साक्षी
र समुदायको बीचमा कलह उठाउने मानिस।
एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ।
Falar a verdade
Despojai-vos da mentira e falai a verdade cada um com o próximo. Cristo é a verdade, e nos chama a ser testemunhas fiéis.
यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ।
येशूले भन्नुभयो, "बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो।
झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन;
र झूटो कुरा गर्ने नष्ट हुनेछ।
छली काम गर्ने कसैले पनि
मेरो घरमा बास पाउनेछैन;
झूटो बोल्ने कोही पनि
मेरो उपस्थितिमा खडा हुनेछैन।
Consequências da falsidade
A mentira destrói confiança e relacionamentos. As Escrituras alertam sobre os frutos amargos do engano e da falsidade.
झूटो जिब्रोद्वारा कमाएको धन
उडिजाने वाफ र घातक पासो हो।
सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ;
तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ,
र चापलुसी घस्ने मुखले विनाश ल्याउँछ।
झूटो बोल्नेहरूलाई तपाईंले नष्ट पार्नुहुन्छ;
रक्तपात गर्ने र छलीहरूलाई
तपाईं याहवेहले घृणा गर्नुहुन्छ।
" ‘तिमीहरूले चोरी नगर्नू।
" ‘तिमीहरूले झूट नबोल्नू।
" ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू।