Milagres
Os milagres manifestam o poder soberano de Deus. Desde a criação até os sinais de Jesus e dos apóstolos, Deus intervém sobrenaturalmente na história para revelar sua glória e amor.
O Deus dos milagres
Para Deus nada é impossível. Ele abriu o mar, fez cair fogo do céu e ressuscitou mortos. Seu poder não tem limites.
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"
किनकि परमेश्वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।"
"म याहवेह सबै मानव-जातिका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा कठिन छ र?
तब मोशाले समुद्रमाथि आफ्ना हात पसारे; अनि याहवेहले रातभरि शक्तिशाली पूर्वीय बतास चलाएर समुद्रलाई पछिल्तिर ठेलिदिनुभयो, र त्यसलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो। पानी दुई भाग भयो, अनि इस्राएलीहरू समुद्रबीच ओबानो जमिनबाट भएर गए; तिनीहरूका दाहिने र देब्रेतिर पानीको पर्खाल खडा भयो।
म याहवेहका हातका कामहरू स्मरण गर्नेछु;
हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु।
म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु
र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु।
तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ;
तपाईंले आफ्नो शक्ति जाति-जातिहरूका बीच प्रकट गर्नुहुन्छ।
Milagres pela fé
Se tiverdes fé como um grão de mostarda, movereis montanhas. A fé é a chave que acessa o poder miraculoso de Deus.
उहाँले जवाफ दिनुभयो, "किनकि तिमीहरूमा विश्वासको कमी छ। तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन।
येशूले जवाफ दिनुभयो, "म तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा विश्वास छ, र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘तँ जा, गएर आफूलाई समुद्रमा फ्याँक्’ भन्यौ भने त्यो भइहाल्नेछ।
येशूले भन्नुभयो, "यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।"
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ, तर परमेश्वरका लागि छैन; परमेश्वरका लागि सबै कुरा सम्भव छ।"
येशूले जवाफ दिनुभयो, "जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।"
उहाँले तिनीहरूका विश्वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन।
Sinais e prodígios
Os apóstolos realizaram sinais e maravilhas em nome de Jesus. Os dons do Espírito incluem a operação de milagres e a fé sobrenatural.
"हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्नुभएकै कुरा हो। यी कामहरू परमेश्वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो।
तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले।
परमेश्वरले पावलद्वारा असाधारण र अचम्मका कामहरू गर्नुभयो; यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे।
मैले अथक प्रयत्नसाथ तिमीहरूका बीचमा अलौकिक चिन्हहरू, अद्भुत कार्यहरू र अचम्मका कामद्वारा साँचो प्रेरित भएको प्रमाण प्रकट गरेको छु।
मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
परमेश्वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा विश्वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू, अर्कोलाई आश्चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।
येशूले भन्नुभयो, "त्यसलाई नरोक। मेरो नाममा शक्तिशाली काम गर्नेहरू कसैले पनि तुरुन्तै मेरो विषयमा केही खराब कुरा भन्न सक्दैन। किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।
Milagres de cura e provisão
A oração da fé salvará o enfermo. Deus provê, cura e intervém quando clamamos a Ele com fé genuína.
अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ। यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन। तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्नहरू उब्जायो।
ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
शब्बाथमा एउटी कुप्री स्त्री निको भएकी
एक शब्बाथको दिन येशूले एउटा सभाघरमा शिक्षा दिइरहनुभएको थियो। त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्। येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्नुभयो, "ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।" त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्वरको प्रशंसा गरिन्।
येशूले शब्बाथको दिन निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, "काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।"
तब प्रभुले तिनलाई जवाफ दिनुभयो, "ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले शब्बाथको दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु वा गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र? त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी शब्बाथको दिनमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?"
उहाँले यो कुरा भन्नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए।
येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्न लागे, "निश्चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।"
त्यसपछि येशूले तिनलाई भन्नुभयो, "तिमीले मलाई देखेको कारण विश्वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्वास गर्नेहरू धन्यका हुन्।"
यूहन्नाले लेखेका सुसमाचारको उद्देश्य
येशूले आफ्ना चेलाहरूका अगि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्। तर यो लेखिएको छ, कि तिमीहरूले येशू नै परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनेर विश्वास गर। अनि विश्वास गरेको कारण तिमीहरूले उहाँको नाममा जीवन प्राप्त गर्न सक।
आखिरमा चिहानमा पहिले आइपुग्ने अर्का ती चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्वास गरे। (तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।)
Discernimento nos sinais
A Bíblia alerta contra falsos milagres e sinais enganosos. Devemos provar os espíritos e não seguir sinais que desviam de Deus.
मूर्तिपूजा विरुद्ध चेताउनी
यदि तिमीहरूमध्ये कोही अगमवक्ता वा स्वप्नदर्शी निस्केर कुनै अचम्मको चिन्ह वा अद्भुत कार्यको घोषणा गर्छ भने, अनि यदि त्यसले भनेका कुराहरू, अलौकिक चिन्ह वा अद्भुत कार्य साँचो भयो भने त्यस अगमवक्ताले यसो भन्छ, "हामी अरू देवी-देवताहरूका पछि लागौँ, (तिमीहरूले नजानेका देवी-देवताहरू) र तिनीहरूलाई पूजौँ," तिमीहरूले त्यस अगमवक्ता अथवा स्वप्नदर्शीका कुरा नसुन्नू। किनकि उहाँलाई तिमीहरूका सारा हृदयले, सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनेर याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जाँच गरिरहनुभएको हुनेछ। याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्वासयोग्य भइरहनू।
तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ। तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
योनाको चिन्ह
एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, "हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।"
उहाँले जवाफ दिनुभयो, "दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन। किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ।
पश्चात्ताप नगर्ने सहरहरूलाई धिक्कार
त्यसपछि येशूले ती सहरहरूलाई धिक्कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्चात्ताप गरेनन्। "धिक्कार तँलाई हे खोराजिन! धिक्कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्चात्ताप गर्नेथिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ। अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो। तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।"
A criação como milagre
O próprio corpo humano é milagre de Deus. Toda a criação testifica do poder e da sabedoria do Criador.
किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;
तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु;
तपाईंका कार्यहरू अद्भुत छन्,
म त्यो राम्ररी जान्दछु।
हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;
तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु।
यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल भन्नेछिन्।
यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको थियो: "कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्नेछन्," जसको अर्थ हो, "परमेश्वर हामीसित।"
जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए; किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए।
तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्नुभयो, "साहस गर! म नै हुँ; नडराओ।"
यो सुनेर येशूले याइरसलाई भन्नुभयो, "नडराऊ, विश्वास मात्र गर, र ऊ निको हुनेछे।"
उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्वरको प्रशंसा गर्न लागे:
"प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!"
"स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा होस्।"
उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’
सलहहरूको विपत्ति
फेरि याहवेहले मोशालाई भन्नुभयो, "फारोकहाँ जा, किनकि मैले त्यसको र त्यसका अधिकारीहरूको हृदय कठोर बनाइदिएको छु, ताकि म तिनीहरूमाथि आफ्ना यी अलौकिक चिन्हहरू गर्न सकूँ; अनि मैले इजिप्टियनहरूसित कति कडा व्यवहार गरेँ, र मैले कसरी तिनीहरूबीच मेरा अलौकिक चिन्हहरू देखाएँ भनी तिमीहरूले आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई भन्नेछौ, र तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।"