Mudança
A mudança é constante na vida, mas Deus é imutável. A Bíblia nos ensina a abraçar a transformação espiritual enquanto confiamos no Deus que é o mesmo ontem, hoje e sempre.
Deus é imutável
Jesus Cristo é o mesmo ontem, hoje e para sempre. Deus não muda — Ele é a rocha firme em meio às mudanças constantes da vida.
येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
"म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।
हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्न।
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
Transformação em Cristo
Se alguém está em Cristo, é nova criação. Somos transformados de glória em glória à imagem do Senhor pelo poder do Espírito.
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।
हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।
यस संसारको रीतिमा नचल, तर आफ्नो मनमा नयाँ भई परिवर्तित हुँदैजाओ; तब मात्र तिमीहरूले परमेश्वरको असल, मनपर्दो र सिद्ध इच्छा के हो, सो जाँच गर्न र स्वीकार गर्न सक्नेछौ।
प्रिय मित्रहरू हो, अहिले हामी परमेश्वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ।
उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।
सुन, म तिमीहरूलाई एउटा रहस्य भन्दछु: हामी सबै जना सुतिजानेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ; एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौँ।
Arrependimento como mudança
Arrependei-vos, pois, e convertei-vos. O arrependimento é a mudança mais radical — da morte para a vida, do pecado para a graça.
पश्चात्ताप लायकका फल फलाओ।
म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।
त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
Tempos e ciclos
Para tudo há uma estação e um tempo para cada propósito debaixo do céu. Deus faz novas todas as coisas no tempo certo.
हरेक कुराका लागि समय छ;
र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ:
पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्;
तर पृथ्वी सदासर्वदा रहिरहन्छ।
सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ;
अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ।
बतास दक्षिणतिर बहन्छ,
र फेरि उत्तरतिर फर्कन्छ;
त्यो फन्को मार्दै,
फेरि फन्को मार्दै फर्केर आउँछ।
सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्,
र पनि समुद्र कहिल्यै भरिँदैन;
जुन स्थानबाट ती नदीनालाहरू आउँछन्,
ती फेरि त्यतैतिर फर्केर जान्छन्।
जे भएको थियो, त्यही फेरि हुनेछ;
जे गरिएको थियो, फेरि त्यही गरिनेछ;
सूर्यमुनि कुनै कुरा नयाँ छैन।
के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्न सक्छ,
"हेर! योचाहिँ नयाँ कुरा हो?"
त्यो धेरै पहिलेदेखि नै यहाँ थियो,
हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि।
हेर, म एउटा नयाँ काम गर्दैछु!
अहिले नै यो प्रष्ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ?
म मरुभूमिमा एउटा बाटो
र उजाडभूमिमा खोलाहरू बनाउँदैछु।
सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्ट विचारहरूलाई पछ्याउनेछन्। अनि तिनीहरूले भन्नेछन्, "उहाँले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।" परमेश्वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्। अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्। त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्।