Mulher
A Bíblia celebra a mulher como obra-prima da criação divina. Ela é elogiada por sua sabedoria, força, beleza interior e papel fundamental na família e na sociedade.
A mulher na criação
Deus criou o homem e a mulher à sua imagem. A mulher foi formada como ajudadora idônea — parceira de igual dignidade e valor.
यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
परमेश्वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो;
पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
यसकारण याहवेह परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो। अनि याहवेह परमेश्वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
अनि मानिसले भने,
"अब यो त मेरै हाडहरूका हाड
र मासुको मासु हो;
तिनलाई ‘स्त्री’ भनिनेछ,
किनकि तिनी मानिसबाट निकालिएकी हो।"
Virtude e caráter
A beleza é vã e a formosura passageira, mas a mulher que teme ao Senhor é digna de louvor. Seu caráter é seu maior tesouro.
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ;
तर याहवेहको डर मान्ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे;
तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो,
तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो।
दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे,
तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्।
घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्,
तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त
बरु मरुभूमिमा बस्नु असल हुन्छ।
अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्।
Sabedoria e serviço
As mulheres da Bíblia foram líderes, profetisas e discípulas fiéis. Jesus honrou as mulheres e as incluiu em seu ministério.
बिउ छर्नेको दृष्टान्त
त्यसपछि येशू परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए। दुष्ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा दुष्ट आत्माहरू निस्केका थिए; हेरोदका कामदार कुजाकी पत्नी योअन्ना थिइन्। साथै सुसन्ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे।
हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै,
त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्।
त्यसै गरी तिनीहरूका पत्नीहरू पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्वासयोग्य हुनुपर्छ।
त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्। तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न, आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्न सिकाऊन्, ताकि कसैले पनि परमेश्वरको वचनको निन्दा गर्न नपाओस्।