Namoro
O namoro cristão deve ser vivido com sabedoria, pureza e propósito. A Bíblia orienta sobre escolher um cônjuge, guardar o coração e honrar a Deus em todo relacionamento.
Guardar o coração
Sobre tudo o que se deve guardar, guarda o teu coração, porque dele procedem as fontes da vida. O namoro exige vigilância e sabedoria.
यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख;
किनकि यो नै सारा जीवनको मूल हो।
विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ
ख्रीष्टमा विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र? ख्रीष्ट र शैतानको के मेल हुन्छ र? विश्वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र?
के एक-आपसमा सहमत नभएसम्म
दुई जना सँगसँगै हिँड्छन् र?
भ्रममा नपर: "खराब सङ्गतले असल चरित्रलाई नष्ट पार्छ।"
Pureza e santidade
O corpo é templo do Espírito Santo. A Bíblia nos chama a fugir da imoralidade e esperar no amor com paciência e respeito mútuo.
तिमीहरू यौन अनैतिकताबाट अलग बस। अरू सबै पापहरू मानिसले आफ्नो शरीर बाहिर गर्छ, तर जसले यौन सम्बन्धमा पाप गर्छ, त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर।
तिमी भन्दछौ, "पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्वरले यी दुवैलाई नष्ट गर्नुहुनेछ।" हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ।
तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु:
उचित समय नभएसम्म
प्रेमलाई नजगाओ अथवा नबिउँझाओ।
मित्रहरू
विवाहलाई सबैले आदरणीय मानून्, र ओछ्यान नबिटुलियोस्; किनकि परमेश्वरले व्यभिचारी र सबै अनैतिक सम्बन्धहरूको न्याय गर्नुहुन्छ।
A esposa prudente vem do Senhor
Deus criou o homem e a mulher para completarem-se. A casa e os bens são herança dos pais, mas a esposa prudente vem do Senhor.
याहवेह परमेश्वरले भन्नुभयो, "मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।"
घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्,
तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।