Paixão
A Bíblia nos chama a dominar as paixões e desejos da carne. O cristão é chamado a viver pelo Espírito, crucificando as obras da carne e buscando a santidade em tudo.
Crucificar a carne
Os que são de Cristo crucificaram a carne com suas paixões e concupiscências. O domínio próprio é fruto do Espírito Santo.
जो ख्रीष्ट येशूका हुन्, उनीहरूले शरीरको पापमय स्वभावलाई यसका अभिलाषा र लालचसहित क्रूसमा टाँगिदिएका छन्।
यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
गैरयहूदी माझमा ईश्वरीय जीवन जिउनु
हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ।
परमेश्वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। तिमीहरू परमेश्वरलाई नचिन्नेहरूजस्ता कामुकताको कामवासनामा नबस।
Tudo para a glória de Deus
Quer comamos, quer bebamos, tudo deve ser feito para a glória de Deus. Devemos fugir das paixões que guerreiam contra a alma.
यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्वरका महिमाको निम्ति गर।
तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
यसैकारण परमेश्वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे।
किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्न चाहेका कुराहरू भन्नेछन्। तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्।
तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ।