Planejamento
O planejamento é sábio, mas deve sempre se submeter à vontade de Deus. A Bíblia ensina que devemos planejar com prudência, mas confiar que Deus dirige nossos passos.
Planejar com sabedoria
Contar nossos dias nos ensina a ter coração sábio. O planejamento prudente é elogiado na Escritura como expressão de bom senso.
हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस्,
ताकि हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौँ!
"मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने त्यो सिद्ध्याउन पर्याप्त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र?
सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्;
तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्।
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
भनाइ 8
धनी बन्न आफूलाई धेरै नघोट;
उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।
Deus dirige os passos
O coração do homem planeja, mas a resposta certa vem do Senhor. Seus caminhos são mais altos que os nossos, e seus planos prevalecem.
मानिसले हृदयमा आफ्नो योजना बनाउँछ;
तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ।
मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्,
तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
"किनकि मेरा विचार तिमीहरूका विचार होइनन्,
न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्"
याहवेह घोषणा गर्नुहुन्छ।
"जसरी आकाश पृथ्वीभन्दा उच्च छ,
त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्च छन्;
अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्च छन्।
यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ,
जसको योजना अचम्मका
र बुद्धि महान् छ।
Confiança no plano de Deus
Os planos do Senhor são de paz e esperança. Ele revela seus segredos aos seus servos e guia com fidelidade cada caminho confiado a Ele.
किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती म जान्दछु, याहवेह घोषणा गर्नुहुन्छ। "ती योजनाहरू तिमीहरूका उन्नतिका निम्ति हुन्, तिमीहरूको नोक्सानीको निम्ति होइनन्। तिमीहरूले आशा गरेअनुसारको असल भविष्य दिनलाई हो।
निश्चय नै प्रभु याहवेहले
आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई
प्रकट नगरी केही पनि गर्नुहुन्न।
उहाँले तपाईंको मनको इच्छा पूरा गरून्,
र तपाईंका सबै योजनाहरू सफल गरून्।
हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्;
किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु;
म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्;
किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु।
प्रत्येक कुराका निम्ति एउटा निर्धारित समय हुन्छ
हरेक कुराका लागि समय छ;
र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ:
यी कुराहरू परमेश्वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ।
आत्माले सबै कुराहरू, परमेश्वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।
हिंसात्मक मानिसप्रति डाही नबन,
अथवा त्यसको कुनै पनि बाटो नरोज।
किनकि याहवेहले दुष्ट मानिसलाई घृणा गर्नुहुन्छ,
तर धर्मीहरूलाई आफ्नो विश्वासपात्र बनाउनुहुन्छ।