Poder de decisão
Deus nos deu o poder de escolher. A Bíblia mostra que nossas decisões têm consequências eternas e nos chama a escolher sabiamente — a vida, a fé e o caminho de Deus.
A responsabilidade de escolher
Escolhei hoje a quem servireis. Cada decisão molda nosso destino, e Deus nos convida a escolher o caminho da vida e da obediência.
तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।"
तब यहोशूले भने, "तिमीहरूले याहवेहको सेवा गर्न रोजेकोमा तिमीहरू आफैँ आफ्नो विरुद्धमा साक्षी छौ।"
तिनीहरूले जवाफ दिए, "हजुर, हामी आफैँ साक्षी छौँ।"
"यसकारण हे इस्राएलीहरू हो, म हरेकलाई तिमीहरूका आफ्नै चालहरूअनुसार न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। पश्चात्ताप गर! तिमीहरूका सबै अपराधहरूबाट फर्क; तब तिमीहरूको पतनको कारण पाप हुनेछैन। तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ? किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!
मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न त ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो। यसकारण तिमी न तातो, न त चिसो, मनतातो भएकोले म तिमीलाई मेरो मुखबाट उकेल्न आँटेको छु।
Decisões e consequências
Deus retribuirá a cada um segundo as suas obras. As Escrituras nos alertam que a mornidão espiritual e a resistência ao Espírito têm consequências sérias.
परमेश्वरले "प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।" परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछ।
"हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ।
यसकारण आफ्नो आत्मविश्वास नत्याग, जसमा ठूलो प्रतिफल छ।
तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ। किनकि धर्मशास्त्रमा लेखिएको छ,
अब केही बेरमा,
"उहाँ, जो आउँदैहुनुहुन्छ, आउनुहुनेछ,
विलम्ब गर्नुहुनेछैन।"
र,
"तर मेरो धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।
अनि जो पछि हट्छ,
म ऊसँग प्रसन्न हुनेछैनँ।"
तर हामीचाहिँ पछि हट्ने र नष्ट हुनेमध्येका होइनौँ, तर विश्वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौँ।
Decisão e fé
Decida com fé, entregue seus planos ao Senhor e aja com determinação. Deus guia os passos de quem se achega a Ele de coração.
चिट्ठा त हालिन्छ,
तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ।
मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्,
तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ,
र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ।
प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले
म अपमानित हुनेछैनँ।
यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु,
र म शर्ममा पर्नेछैनँ भनी जान्दछु।
यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ।
तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु। म तिनीहरूलाई एउटै हृदय र एउटै उद्देश्य दिनेछु, ताकि तिनीहरूले आफ्ना र तिनीहरूका सन्तानको भलाइका निम्ति सधैँ मेरो डर मान्नेछन्।
पत्रुसले जवाफ दिए, "तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ।
यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ। परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!