Recompensa
Deus recompensa os que o buscam com fé. A Bíblia está repleta de promessas de recompensa para os fiéis, os generosos, os perseverantes e os que servem ao Senhor de todo coração.
Deus recompensa a fé
Sem fé é impossível agradar a Deus, porque quem dele se aproxima precisa crer que Ele existe e recompensa os que o buscam diligentemente.
विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ।
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ।
यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।
तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
"माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्वास गर, र ती तिमीहरूको हुनेछ।
Recompensa pelo serviço
O Senhor vê cada ato de fidelidade e promete galardão aos que servem com dedicação. O servo bom e fiel será honrado.
"त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’
तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्टकै सेवा गरिरहेका छौ।
यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैँ जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।
तर धेरै जो पहिला छन्, ती पछिल्ला हुनेछन्, र जो पछिल्ला छन्; ती पहिला हुनेछन्।
परमेश्वरले "प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।"
Generosidade e provisão
Quem dá com generosidade receberá em abundância. Deus supre todas as necessidades segundo as suas riquezas em glória.
देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।"
यदि तिमीहरूलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्।
रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ।
दुष्ट मानिसले छलको ज्याला कमाउँछ,
तर जसले धार्मिकता छर्छ, त्यसले निश्चय नै प्रतिफलको कटनी गर्छ।
धन, सम्मान र दीर्घायु;
नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।
प्रेम र विश्वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्,
ती तिमीले आफ्नो गलामा बाँधिराख,
ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
तब तिमीले परमेश्वर र मानिसहरूको दृष्टिमा
निगाह र असल नाम कमाउनेछौ।
उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ,
र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ।
O que Deus reservou para os seus
Olhos não viram, ouvidos não ouviram o que Deus preparou para os que o amam. Suas recompensas eternas superam toda imaginação.
तापनि यसरी लेखिएको छ:
"कुनै आँखाले नदेखेका,
कुनै कानले नसुनेका,
कुनै मानवीय मनमा नसोचिएका,
यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।"
म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्न सक।
उहाँको ईश्वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रो जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ।
अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।
जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो। के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्न र?
तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।"
अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ।
तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्वरले ख्रीष्ट येशूमा मलाई बोलाउनुभएको छ।
Buscar, pedir, perseverar
Jesus ensinou: pedi e recebereis, buscai e achareis. Deus se alegra em dar boas dádivas aos seus filhos que pedem com fé.
धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्,
किनभने तिनीहरू तृप्त हुनेछन्।
"यसकारण तिमीहरू जब खाँचोमा परेकाहरूलाई दिन्छौ, तब फरिसीहरूले सभाघर र सडकहरूमा मानिसहरूद्वारा सम्मान पाउनलाई गरेझैँ तुरही फुकेर घोषणा नगर। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्नो इनाम पूरा पाइसकेका छन्।
तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर तिमीहरूका गुप्तमा हुनुहुने पितालाई प्रार्थना गर; तब गुप्त रूपमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई खुल्लमखुल्ला प्रतिफल दिनुहुनेछ।
भलाइको खोजी गर, दुष्टताको होइन,
ताकि तिमीहरू बाँचिरहो।
तब तिमीहरूले भन्ने गरेझैँ,
याहवेह सेनाहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
म मेरा हात तपाईंतिर फैलाउँछु;
सुक्खा जमिनझैँ म तपाईंको निम्ति तिर्खाउँछु। सेला
Contentamento e eternidade
A verdadeira recompensa está na vida que Deus dá. O presente do trabalho, a satisfação no labor e a alegria no Senhor são dádivas de Deus.
म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन। आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्वरको दान हो।
तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।
त्यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्न हुनुपर्दछ—यो परमेश्वरको वरदान हो।
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार सबै मार्गहरूमा आज्ञाकारी भएर हिँडिरहनू; ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको समृद्धि होस्, र तिमीहरूको आयु लामो होस्।
यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्टको सङ्गतिमा रहिरहो।
हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।"
तब याहवेहले मोशालाई भन्नुभयो, "मकहाँ पर्वतमा उक्लेर आइज र यहीँ बस्; अनि तिनीहरूको शिक्षाको निम्ति मैले लेखेका व्यवस्था र आज्ञाका ढुङ्गाका पाटीहरू म तँलाई दिनेछु।"