Reino dos céus
O Reino dos Céus é comparado por Jesus a tesouros, sementes e redes. Através de parábolas, Ele revelou os mistérios de um Reino que já está entre nós, mas que se consumará na eternidade.
O valor incomparável do Reino
O Reino dos Céus é como um tesouro escondido ou uma pérola de grande valor. Quem o encontra, vende tudo para possuí-lo.
गुप्त गाडधन र मोतीको दृष्टान्त
"स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।
"फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एक जना व्यापारीजस्तो हो, जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो।
रायोको बिउ र खमिरको दृष्टान्त
उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: "स्वर्गको राज्य एउटा रायोको बिउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो। बिउहरूमा सबैभन्दा सानो भए तापनि जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो भएर झाँगिन्छ, र चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।"
उहाँले तिनीहरूलाई अझ अर्को दृष्टान्त भन्नुभयो: "स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।"
Parábolas do Reino
Jesus ensinou sobre o Reino mediante parábolas que revelam seu crescimento, seu juízo e a separação final entre justos e injustos.
सामाको दृष्टान्त
येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: "स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्यो। तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो। जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्यो।
"त्यसैले मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बिउ छर्नुभएको होइन र? तब यो सामा कताबाट आयो त?’
" ‘कुनै शत्रुले यसो गर्यो,’ उसले जवाफ दियो।
"ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्ने तपाईं चाहनुहुन्छ?’
"उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ। कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ "
सामाको दृष्टान्तको अर्थ
तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, "हामीलाई खेतबारीमा भएको सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।"
उहाँले जवाफ दिनुभयो, "जसले असल बिउ छर्यो, त्योचाहिँ मानिसको पुत्र हो। खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्टका सन्तान हुन्; अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्।
"सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्। अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।
जालको दृष्टान्त
"फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए। युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।"
Quem herda o Reino
Os humildes, os pobres de espírito e as crianças são herdeiros do Reino. Mas é difícil para os ricos entrarem nele.
"आत्मामा दीन हुनेहरू धन्य हुन्,
किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
शोक गर्नेहरू धन्य हुन्,
किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।
नम्र हुनेहरू धन्य हुन्,
किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्,
किनभने तिनीहरू तृप्त हुनेछन्।
दया गर्नेहरू धन्य हुन्,
किनभने तिनीहरूले दया पाउनेछन्।
शुद्ध हृदय हुनेहरू धन्य हुन्,
किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
मेलमिलाप गराउनेहरू धन्य हुन्,
किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्।
धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्,
किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
"तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् र तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्ट कुराहरू गर्छन्। तब आनन्द मनाओ र खुशी होओ; किनभने स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई पनि यसरी नै तिनीहरूले सताएका थिए।
स्वर्गको राज्यमा सबैभन्दा ठूलो
त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, "स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?"
उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, र भन्नुभयो, "म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;
येशूले भन्नुभयो, "साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।"
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, "म साँच्चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ। म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।"
जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्क परे र सोधे, "त्यसो भए कसले उद्धार पाउन सक्छ त?"
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, "मानिसका लागि यो असम्भव छ; तर परमेश्वरका लागि सबै कुरा सम्भव छन्।"
मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्वरले विश्वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्नुभएको होइन र?
तर त्यो राज्य सर्वोच्च परमेश्वरका पवित्र सन्तहरूले पाउनेछन्, र त्यसलाई सदासर्वदाका निम्ति अधिकार गर्नेछन्—हो, सदासर्वदाका निम्ति।’
Buscar o Reino acima de tudo
Jesus ensinou que devemos buscar primeiro o Reino e sua justiça. Nem todo que diz 'Senhor, Senhor' entrará — só quem faz a vontade do Pai.
साँचो र झूटो चेलाहरू
"मलाई ‘प्रभु, प्रभु,’ भन्नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ।
कसैले यी आज्ञाहरूमध्ये सबैभन्दा सानो आज्ञालाई उल्लङ्घन गर्छ र अरूलाई पनि उल्लङ्घन गर्न सिकाउँछ भने उही नै स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ। तर जसले यी आज्ञाहरू पालन गर्छ र अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ। किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्न पाउनेछैनौ।
"तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू:
" ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता,
तपाईंको नाम पवित्र गरियोस्।
तपाईंको राज्य आओस्,
तपाईंको इच्छा स्वर्गमा झैँ
यस पृथ्वीमा पूरा होस्।
बप्तिस्मा दिने यूहन्नाले बाटो तयार पारेका
ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए, "पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।"
त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, "पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।"
तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’
म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्नेछन्।
म तिमीहरूलाई साँच्चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा बप्तिस्मा दिने यूहन्नाभन्दा महान् अरू कोही छैन; तापनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा पनि महान् हुनेछ। बप्तिस्मा दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अगि बढिरहेको छ, र जबरजस्ती गर्नेहरूले यसलाई पक्रिराखेका छन्।
A herança eterna
O Reino dos Céus é inabalável e eterno. Deus nos chama a fazer firme a nossa vocação e eleição para entrar nesse Reino.
यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔँ; किनकि हाम्रो "परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ।"
तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्;
र तपाईंको शक्तिको बखान गर्नेछन्,
ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू,
र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।
तपाईंको राज्य अनन्तको राज्य हो,
र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,
र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। का अन्तिम दुई हरफहरू पाइँदैनन्।
यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ; अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।
प्रभुले मलाई हरेक दुष्ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।
"ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ।
किनकि तिमीहरू यो निश्चित जान, कुनै व्यभिचारी, अशुद्ध व्यक्ति वा लोभी, यस्तो व्यक्ति मूर्तिपूजक हो; ख्रीष्ट र परमेश्वरको राज्यको हकदार हुन सक्दैन।